Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – एउटा क्रिष्टल बलको मूल्य नेपाली रुपैया करिब १२ करोड सम्म हुँदो रहेछ भन्दा हामी नेपालीलाई पत्याउनै गाह्रो । तर नेपाली सीमा छेउछाउकै भारतको कुनै पहाडबाट निकालिएको एउटा क्रिष्टल बलको मूल्य जापानमा गत साता आयोजित २३ औं अन्तराष्ट्रिय ज्वेलरी प्रदर्शनीमा १२ करोड राखिएको थियो ।

एचके कम्पनी लिमिटेडका मालिक खान वसिमका अनुसार ४५० केजीको स्टोनलाई ताछेर बनाइएको यस क्रिष्टलको वजन २९.७३ केजी र गोलाई २८ सेमी रहेको छ । अझ त्यसका मालिक भन्दै थिए यो त संसारमै एउटा मात्रै हो र अमूल्य छ । संसारका २३ राष्ट्रका सयौं ज्वेलरी व्यवसायीहरुको सहभागिता रहेको संसारकै ठूलो मध्यको एक उक्त प्रदर्शनी टोकियो बिगसाइटमा बहुमूल्य हिरामोती जडित गरगहनादेखि सामान्य ढुंगाका श्रृँगार सामग्रीले खचाखच भरिएको थियो । तर उक्त प्रदर्शनीमा नेपालबाट प्रत्यक्ष सहभागिता भने थिएन ।

बहुमूल्य क्रिष्टल बल राखिएको स्टलसँगै जापान हङकङ र चीनमा समेत ज्वेलरी व्यवसाय गर्दै आउनुभएका नेपाली व्यवसायी केशवलाल श्रेष्ठ मलेकुको कम्पनी हिमालयको भने त्यहाँ स्टल थियो । उहाँले नेपालमा पनि यो व्यवसायलाई प्रोत्साहन मिल्ने गरी वातावरण बनाउन सक्ने हो भने यस्ता बहुमूल्य पत्थरहरु प्रशस्त निकाल्न सकिने बताउनुभयो ।

हाम्रा त्यतिका पहाडै पहाडमा कति धेरै कुराहरु लुकेर बसेको होला भन्दै श्री श्रेष्ठले अगाडि थप्नुभयो– ‘बजारमा माग र दाम भएका ढुंगाको मात्रै उत्पादन र ब्यापारलाई अघि बढाउन सके पनि धेरैले रोजगारी पाउन सक्ने र देशको आय बढ्न सक्ने सम्भावना मैले देखेको छु ।’

चार दिने प्रदर्शनीका लागि स्टल भाडा मात्र २० लाख येन खर्चेर सहभागिता जनाउनुपर्ने त्यस स्थानमा जापानीहरुकै स्टलमा पनि पूर्वीदेखि पश्चिमी नेपालका पहाडी र हिमाली जिल्लाहरुबाट ल्याइएका सजावटका लागि प्रयोग हुने विभिन्न खाले ढुंगाका आकृति र प्रकारहरु देख्न पाइन्थ्यो ।

उक्त प्रदर्शनीमा जापानका ख्यातिप्राप्त सेलिब्रेटीहरु लगायत अन्तरराष्ट्रियस्तरका खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा राखिएको १२ करोडको क्रिस्टलको बारेमा लेखिएको जानकारी पत्र

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया