Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

भव्य हुँदैछ जापानी भाषा प्रतियोगिता

टोकियो – जापानमा पहिलो पटक नेपालीहरुबीच यहि २२ तारिख आइतबारका दिन हुन गइरहेको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा बसोवास गर्ने नेपालीहरुमा भएको जापानी भाषाको ज्ञानलाइ अझ दक्ष बनाउने उदेश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अहिलेसम्म १२ जना प्रतियोगीले आफ्नो नाम दर्ता गराइसकेका छन् भने इच्छुक व्यक्तिले भोलि २१ तारिख बेलुकासम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा १० देखि १५ जनासम्म प्रतियोगीलाई समावेश गराइने लक्ष्य भएकोले प्रतियोगीहरुको यो उपस्थिति निकै उत्साहजनक रहेको बताउँदै कार्यक्रम संयोजक पुस्करजंग थापा कार्यक्रमलाई जापानमा रहेका विभिन्न संघसस्था तथा महानुभाबहरुले आ-आफ्नो ठाउँबाट सहयोग र सहानुभूति देखाउनु भएकोले पनि आफुहरुलाई यो कार्यक्रम गर्नमा थप हौसला मिलेको बताउनुहुन्छ ।

नेपाली बिद्यार्थी समाज जापान (नेसाज) को आयोजनामा हुन लागेको उक्त कार्यक्रम जापानकै अर्को संस्था अन्तरराष्ट्रिय नेपाली समाज जापान (INCJ) ले सह-आयोजकको रुपमा रहेको छ भने एनआरएन जापान यस कार्यक्रमको बिशेष सहयोगी संस्थाको रुपमा रहेको बताइएको छ । कार्यक्रमलाई TBI Group, Manakamana International, Keiai University Chiba, INLS-Japan,Topa/Toyo, JME, OTEL Calling Card, NRN Kanto, Mehman Resturent ले प्रायोजकको रुपमा सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्नको लागि नेसाजका पूर्व अध्यक्ष जिज्ञानकुमार थापाको संयोजकत्वमा ४ सदस्यीय निर्णायक मण्डल पनि गठन गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आकर्षक पुरस्कार सहित प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

कार्यक्रममा उपस्थितिको लागि जापानमा रहेका सबै संघसंस्थालाई निमन्त्रणा पत्र पठाई सकिएको भएपनि केहि कमीकमजोरीका बाबजुद पत्र नपाउनु भएको भए यसैलाई आधार मानेर उपस्थिति जनाई दिनुहुन सबै संघसंस्था, बिद्यार्थी, व्यवसायी तथा सम्पूर्ण जापानबासी महानुभावहरुमा आयोजक संस्थाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया