Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
काठमाडौं- नेपाली काँग्रेसमा परालको आगो झै भित्रभित्रै सल्कदै गएकेा भातृ संस्था विघटनको आगो अब छिट्टै सभापति सुशिल कोइरालाले निभाउनु हुने भएको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले भातृ संगठन विवाद मिलाउन सभापति कोइरालालाई नामावलीको सूची नदिएपछि अब कोइरालाले आफ्नै ढंगले समस्या समाधान गरेर जान अग्रसर हुनु भएको छ ।
सभापति कोइरालाले पहिलो चरणमा नेविसंघको पुनगठन गर्नुहुने भएको छ । संस्थापन पक्षसँग बफादार रहादै आएका विघटित नेविसंघका उपाध्यक्ष दीपक अधिकारीलाई नेविसंघको महाधिवेशन ६ महिना भित्र गर्ने गरि अध्यक्षमा मनोनय गरिने भएको छ ।
संस्थापन नेता उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, सुजाता कोइराला, डा. शशांक कोइराला, दिलेन्द्र प्रसाद वडु, आनन्द प्रसाद ढुंगाना, दिल बहादुर घर्ती, गोपालराज पहाडी, बल बहादुर केसी, डा. शेखर कोइरालाको सूझाव अनुसार नेविसंघ नेता अधिकारीको नेतृत्वमा नेविसंघ पुर्नगठन गर्न लागिएको हो ।
त्यसैगरि आनन्द प्रसाद ढुंगानाको निवास कटुञ्जेमा भएकेा संस्थापन पक्षको गोप्य बैठकको सुझाव अनुसार दोस्रो चरणमा काँग्रेसको संगठन विभाग, प्रचार विभाग र अन्तराष्ट्रिय सम्बन्ध विभागका संयोजक र सदस्यहरु मनोनयन गरिने भएको छ । सं्रोतका अनुसार त्यसका लागि सभापति कोइरालाले आˆना अत्यन्तै विश्वास प्राप्त केन्द्रीय सदस्यहरुसँग सल्लाह गर्नु भएको छ ।
सभापति कोइराला निकट स्रोतका अनुसार कोइरालाले संगठन विभागमा आनन्द प्रसाद ढुंगाना, प्रचार विभागमा दिलेन्द्र प्रसाद वडु र अन्तराष्ट्रिय विभागमा सुजाता कोइरालालाई संयोजक बनाई सदस्यहरु समेत मनोनयन गर्ने हुनु भएको छ । त्यसपछि देउवा पक्षकेा प्रतिक्रिया हेरेर थप विभागका संयोजक, सदस्य तथा भातृ संस्था नेपाल तरण दल, नेपाल महिला संघ, नेपाल आदिवासी जनजाति संघ र प्रजातन्त्र सेनानी संघको अध्यक्ष पुर्नगठन गरि ६ महिना भित्र महाधिवेशन गर्न म्याण्डेट दिइने भएको  छ ।
काँग्रेस उच्च स्रोतका अनुसार नेविसंघ, आदिवासी जनजाति संघ र प्रजातन्त्र सेनानी संघमा संस्थापन पक्षलाई संयोजक बनाइने भएको छ भने तरुण दल र महिला संघमा देउवा पक्ष कै नयाँ नेतालाई अध्यक्षमा मनोनयन गरिने भएको छ । तरुण दलका महेन्द्र यादव केन्द्रीय सदस्य र सभासद तथा महिला संघकी अध्यक्ष अम्बिका बस्नेत सभासद रहेकाले संस्थापन पक्षले नयाँ व्यक्तिलाई अध्यक्ष बनाउन खोजेको छ ।
यो मनोनयसँगै नेपाली काँग्रेस केन्द्रीय समितिका बाँकी केन्द्रीय सदस्य मनोनयन गर्ने गृहकार्य पनि संस्थापन पक्षले थालेको  छ । संस्थापन पक्षले केन्द्रीय सदस्यमा बलदेव शर्मा मजगैया, पुरुषोत्तम बस्नेत, राजेन्द्र अमात्य, सुधीर शिवाकोटी, अमरेशकुमार सिंह, हृदयराम थानी र देउवा पक्षबाट डा. आरजु राणा, रमेश लेखक, भरत साह, गोविन्दराज जोशी मध्येबाट मनोनित गर्ने गृहकार्य भैरहेको छ । सभापति कोइरालाले केन्द्रीय सदस्य, केन्द्रीय विभाग र भातृ संगठन अध्यक्ष मनोनयनमा संस्थापनलाई ६० र देउवा पक्षलाई ४० प्रतिशत सहभागी गराउने नीति लिएको बुझिएको छ ।
उता संसदीय बोर्डमा मनोनित हुन पनि संस्थापन र देउवा पक्षको भागवण्डाको लडाई अदृश्य ढंगले अगाडी आएको छ । सभापति कोइरालाले संसदीय बोर्डमा संस्थापन पक्षकेा ५ र देउवा पक्षकालाई ३ सदस्यमा मनोनयन गर्ने गहृकार्य गरेको महाराजगन्ज सूत्रले बताएको छ ।
संसदीय बोर्डमा रामचन्द्रं पौडेल, शेर बहादुर देउवा, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी, खूम बहादुर खड्का, चित्रलेखा यादव, केवी गुरुङ, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, बलबहादुर केसी, दिलेन्द्र वडु, आनन्दप्रसाद ढुंगाना, मिना पाण्डे, मिनेन्द्र रिजाल र दिलबहादुर धर्ती मध्येबाट आठ जनालाई मनोनयन गरिने भएको छ ।
स्रोतका अनुसार सहमहामन्त्रीमा देउवा पक्षबाट एक जना मनोनित गरिनेछ । नेता देउवाले नाम दिए नाम बमोजिम नै र नाम नदिए बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, नरेन्द्र विक्रम नेम्बाङ, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल मध्येबाट मनोनयन गर्न संस्थापन पक्षले छलफल तिव्र पारेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया