
काठमाडौं- सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतको नियुक्तिसँगै केही सह सचिवलाई सचिवमा बढुवा समेत गरेको छ ।
शंकर बैरागी स्विट्जरल्याण्ड, मुक्तिनाथ भट्ट डेनमार्क, रुद्र नेपाल अष्ट्रेलिया, भरतराज पौडेल पाकिस्तान, राममणि पोखरेल बेल्जिमय, पारसमणि घिमिरे म्यानमार र प्रल्हाद प्रसाईलाई इजरायलका लागि राजदूतमा नियुक्ति गरिएको छ । उनीहरु सबै परराष्ट्र मन्त्रालय मातहतका सहसचिव हुन् ।
त्यस्तै, रविमोहन सापकोटा रुस, कमानसिंह लामा कोरिया र डा. मायाकुमारी शर्मालाई कतारका लागि राजदूतमा नियुक्ति गरिएको छ । यी तीन जना कर्मचारी बाहिरका हुन् ।
सचिवमा बढुवा
सरकारले ६ जना सहसचिवलाई रिक्त रहेको सचिव पदमा बढुवा गरेको छ । भौतिक योजना निर्माणमन्त्री हृदयश त्रिपाठीका अनुसार सचिवमा बढुवा हुनेहरु अर्जुन भण्डारी, हरिराम कोइराला, धरणिधर खतिवडा, दुर्गा भट्टराई, कृष्णचन्द्र पौडेल र तिलक शर्मा छन् । त्यस्तै दुर्गानिधी शर्मालाई कामु सचिव बनाइएको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ ३, २०६८
प्रकाशित समय: १५:२९:४६