Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – आपूर्ति मन्त्री हुँदा ८५ लाख रुपैयाँका लागि राजधानी काठमाडौंबाट एक ब्यापारी अपहरण गर्ने नेता श्यामसुन्दर गुप्ताले आज छोराको बिहे हेर्न नपाउने भएका छन् । ब्यापारी अपहरण प्रकरणका योजनाकार भएको अभियोगमा प्रहरीले उनलाई हिजो हिरासतमा लिएको छ । प्रहरीले  उनलाई सिध्दार्थनगर नगरपालिकास्थित आफ़्नै घरबाट पक्राउ गरेको हो ।

गत पुस ७ गते एकाबिहानै काठमाडौंको कमलादी गणेशस्थानमा दर्शन गर्न गएका व्यवसायी पवनकुमार सांघाई अपहरणमा परेका हुन् । पवन सांघाई ग्रुपका मालिक हुन् । बैंक, बिमा कम्पनी, चिया उत्पादन, डिपार्टमेण्ट स्टोर लगायतमा यो समुहको लगानी छ । अपहरणमा परेको कैयौं दिन बित्दासम्म पनि प्रहरीले सुइँको पाउन सकेन । अपहरणपछि तराई रेड आर्मी नामको समूहले परिवारलाई फोन गर्दै दश करोड रुपैयाँ फिरौती माग गरेछन् । पुस २७ गते पवन आफै घर आइपुगे । परिवारजनले फिरौती तिरेर मुक्त गराएको भनिए पनि कति रुपैयाँ तिरेको भन्ने थाहा भएको थिएन । अपहरणका योजनाकार पूर्वमन्त्री, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष तथा हालका सभासद श्यामसुन्दर गुप्ता रहेछन् । करोडको माग गरे पनि बार्गेनिङमा ८५ लाख रुपैयाँ लिएर छाडेका रहेछन् । अपहरण गरेर उनीहरुले पवनलाई काभ्रेको सर्स्यूखर्क घरमा पो बन्धक बनाएर राखेका रहेछन् २० दिनसम्म । गुप्ताले अपहरण गर्नेहरुलाई ४/४ लाख रुपैयाँमात्र दिएर अरु सबै आफैले खाएछन् । त्यसमध्ये पक्राउ परेका आकाश लामाबाट ३ लाख ५५ हजार र बिकास लामाबाट २ लाख रुपैयाँ बरामद भएको रहेछ । यो कुरा थाहा पाएपछि प्रहरीले हिजो भैरहवाबाट गुप्तालाई पक्राउ गरेको थियो । उनलाई अहिले काठमाडौं ल्याइएको थाहा भएको छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया