Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – मगर समुदायको सबैभन्दा महत्वपूर्ण पर्व माघे संक्रान्ति एक रात्रीभोजसहित सामूहिक भेटघाट, शुभकामना आदान गर्दै आइतवार टोकियोमा मनाइएको छ ।

नेपाल मगर सेवा समिति टोकियो जापानको आयोजनामा इकेबुकुरोस्थित बुद्ध रेष्टुरेन्टमा उक्त माघे संक्रान्ति पर्व मनाइएको हो । कार्यक्रममा माघे संक्रान्तिजन्य तरुल, चाकु, लड्डु, सेलरोटी लगायतका बिभिन्न परिकारहरुको ब्यवस्था रहेको थियो ।

मगर सेवा समितिका नवनिर्वाचित अध्यक्ष शैलेन्द्र थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, मजदुर संगठन जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा शुभकामना मन्तब्य रहेको थियो ।
उक्त माघे संक्रान्ति कार्यक्रम समाजका सल्लाहकार नविन थापा मगरको संयोजकत्वमा सम्पन्न भएको थियो । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया