टोकियो – नेपाली जनप्रगतिशील मोर्चा जापानले हालै दिवंगत हुनुभएका एकीकृत नेकपा माओबादीका सल्लाहकार परिषदका महासचिब स्व. भक्तबहादुर श्रेष्ठ प्रति श्रद्धान्जली ब्यक्त गरेको छ । मोर्चाका अध्यक्ष बेलु थापाद्वारा आज प्रेषित एक बक्तब्य मार्फ़त श्रद्धाञ्जली ब्यक्त गरिएको हो । उक्त श्रद्धान्जली बक्तब्यको पूर्ण पाठ यसप्रकार छ । –
“समाज रुपान्तरण र जायज अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आउनुभएका नेपाली कम्यूनिष्ट आन्दोलनका आदरणीय अभिभावक तथा एकीकृत नेकपा माओवादीका सल्लाहकार परिषद्का महासचिव क. भक्तबहादुर श्रेष्ठको हेटौडास्थित आफ्नै निवासमा भर्याङबाट ओर्लनेक्रममा लडेर घाइते भएपछि काठमाडौं बांसबारी स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको खबर सुन्दा हामी स्तब्ध हुनुका साथै अत्यन्त दुखी छौं । यस दुखद घडिमा स्वर्गिय कमरेड श्रेष्ठप्रति नेपाली जनप्रगतिशील मोर्चा जापान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकशन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। साथै ८९ वर्षको उमेरसम्म पनि सक्रिय राजनीतिमा सरिक श्रेष्ठको असामयिक निधनले सिंगो पार्टी एकीकृत नेकपा(माओवादी)लाई अपुरणीय क्षति पुगेको यस दुखद घडीमा हाम्रो आस्थाको केन्द्र बिन्दु सिंगो पार्टी र पार्टीका विभिन्न जनबर्गीय भात्तृ संगठन तथा संसारभर छरिएर रहेका पार्टीप्रति आस्थावान श्रदेय क.मित्रहरुलाई कत्ति पनि बिचलित नभई आ-आफ्नो स्थानबाट पार्टीप्रति जिम्मेवारीपूर्ण ढंगले उत्तरदायित्व बोध गरिदिनुहुन समेत हार्दिक अपिल गर्दछौं । “