Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – यो बर्षदेखि राष्ट्रिय पर्वको मान्यता पाएको परम्परागत माघे संक्रान्ति आज मुलुकभित्र र बाहिर हर्षोल्लाससका साथ मनाईदैं छ ।

नेपाली समुदायमा माघेसंक्रान्ति पर्वका बेला घिउ, चाकु र तरुललगायतका परिकार खाने चलन छ ।

यस अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारलगायतका स्थानमा स्नान गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । गएरातीदेखि नै देवघाटमा भक्तजनहरुको भीड लागेको र भीडका कारण ट्रकबाट खसेर १ जना अधबैशै महिलाको ज्यान गएको कालिका एफएमले जनाएको छ ।

थारु, मगर र छन्त्याल समुदायमा माघेसंक्रान्तिलाई नयाँ वर्षको रुपमा पनि मनाइने चलन छ । पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर तरुल, चाकु, लड्डु, घिउलगायतका मीठामीठा परिकार खाने र रमाईलो गर्ने यो पर्वलाई नेपाल सरकारले यो बर्षदेखि सार्बजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्वको अवसरमा राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गरिएको छ ।

माघे संक्रान्तिका दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

यसैबीच माघे संक्रान्तिको अवसरमा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

यसैबिच नेपाल मगर सेवा समिति जापानले मगर समुदायको महत्वपूर्ण पर्व माघे संक्रान्तिको अवसरमा आज साँझ टोकियोको इकेबुकुरोस्थित बुद्ध रेष्टुरेन्टमा रात्रीभोजसहितको भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको थाहा भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया