Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025
झापा- नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले  माओबादी दम्बका कारण शान्ति प्रकृया टुङ्गोमा पुग्न नसकेको आरोप लगाउनु भएको छ । झापामा हिजो देखि शुरुभएको राष्ट्रिय कर्ताकर्ता भेलाको बन्द सत्रलाई आज झापाको धुलाबारीमा सम्बोधन गर्दै महासचिब पोखरेलले यस्तो आरोप लगाउनु भएको हो ।
जारी शान्ति प्रकृया टुङ्गोमा नपुगे सम्म नेपाली जनताले चाहेको लोकतान्त्रिक संबिधान जारी नहुने उहाँको दाबी थियो । “आज नेपाली जनताले चाहेको लोकतान्त्रिक संबिधान जारी हुन्छ या हुदैन एउटा डर लाग्दो शंकाको बादल हाम्रो देशमा मडारीरहेको छ” महासचिब पोखरेलले भन्नुभयो – यो स्थिती आएमा शान्ति प्रकृया टुङगिन सकेन भने लोकतान्त्रिक संबिधान हामीले घोषणा गर्न सकिनौ भने मुलुक अहिले जे जस्तो संकटको सामाना गर्दै छ यो भन्दा पनि डर लाग्दो स्थितीमा पुग्छ ।
यतिखेर शान्ति प्रकृया निष्कर्षमा पुग्छ कि पुग्दैन भनेर मुलुक गम्भीर मोडमा उभिएको बताउँदै महासचिब पोखरेलले जारी शान्ति प्रकृया समयमै नटुङगिए नेपाली जनताले लामो समयदेखि देखेको सपना तुषारापात हुने छ भन्नुभयो । शान्ति प्रकृया निष्कर्षमा नपुग्नुको प्रमुख कारण माओबादीको तानाशाही प्रवृत्ति र दम्ब हो उहाँले भन्नुभयो-माओबादीले हिजो हिसाँत्मक बिद्रोहका बेलामा खडा गरेका डाकुहरुको संरचना अन्त हुन्छ कि हुदैन, हतियार राज्यलाई बुझाउछ कि बुझाउँदैन, शिविरहरु खाली हुन्छन की हुदैनन् द्वन्द्धका बखत कब्जा गरिएका सर्वसाधारण जनताको सम्पति फिर्ता गर्छन कि गर्दैनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया