Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

काठमाडौ – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका क्रममा करिव पौने ३ अर्व रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ समकक्षी जियाबाओ र नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीचको बार्ता पछि विभिन्न शीर्षकमा गरिएको समझदारी हस्ताक्षरमा उक्त रकम अनुदान दिने उल्लेख भएको हो । यसको साथै चिनियाँ एक्जिम बैंकबाट ऋण लिने सम्बन्धमा पनि छुट्टै सम्झौता भएको छ ।

स्रोतका अनुसार आर्थिक प्राविधिक अनुदान सहयोग सम्झौता अन्तर्गत करिव २ अर्व ६० करोड (दुई सय मिलियन आरएमबी), नेपाल प्रहरी सुदृढीकरणका लागि १३ करोड रुपैयाँ (१० मिलियन आरएमबी) र सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि छुट्टै ५ करोड २० लाख (४ मिलियन आरएमबी) अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षरित सम्झौताहरुमा नेपाल–चीन सीमा क्षेत्रमा सुख्खा बन्दरगाह व्यवस्थापन, सीमा क्षेत्रका बासिन्दाले चरण क्षेत्रको उपयोग गर्न पाउने सुविधा, दुवै मुलुकका विदेश मन्त्रालयबीच सहयोग आदानप्रदान रहेका छन् । ती सम्झौतामा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी आर्थिक तथा प्राविधिक सहयोग प्रवर्धन, सशस्त्र प्रहरी बलका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना, गृह मन्त्रालयमार्फत प्रदान गर्ने गरी नेपाल प्रहरीलाई आवश्यक उपकरणलगायत भौतिक सामग्री प्रदानसम्बन्धी तीन बेग्लाबेग्लै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, सांस्कृतिक आदानप्रदान तथा ऋण व्यवस्थापनका लागि संयन्त्र खडा गर्ने सम्बन्धी एक सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया