Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

काठमाडौं – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आज नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको विषयलाई शुक्रबार साँझसम्म दुवैतर्फबाट गुपचुप राखिए पनि परराष्ट्र मन्त्रालयले अतिथि स्वागतका लागि काम गरिरहेको छ। स्रोतका अनुसार चिनिया प्रधानमन्त्रीले काठमाडौंमा ५ घण्टा मात्र बिताउनेछन्।

११ बजे विशेष विमानबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनी ४ बजे काठमाडौंबाट कतारका लागि उड्नेछन्।

५ घण्टाको छोटो समयमा जियाबाओले प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा दुई पक्षीय भेट गर्नेछन्। उनको ५ घण्टे नेपाल बसाइका अन्य कार्यक्रम गोप्य राखिएका छन्।

जियाबाओको नेपाल भ्रमणलाई लिएर प्रधानमन्त्री बाबुराम भट्टराई र चिनियाँ राजदूत योङ होउलानबीच बिहिबार बालुवाटारमा छलफल भएको थियो। राजदूत होउलानले दुवै देशलाई उपयुक्त हुने समय पारेर जियाबाओले नेपाल भ्रमण गर्ने जानकारी प्रधानमन्त्री भट्टराईलाई गराएका थिए। त्यसको तीन दिनपछि जियाबाओ काठमाडौं आइपुग्न लागेका हुन्।

एक दशकपछि चिनियाँ सरकार प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो। यसअघि नेपाल आउने चर्चा चले पनि मंसिरको अन्त्यमा जियाबाओको भ्रमण स्थगित भएको जानकारी गराइएको थियो।+++

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया