Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – सत्तारुढ दल डेमोक्र्याटिक पार्टी अफ जापान (मिन्स्युतो) परित्याग गरेका ९ जना सांसदहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । सांसद आकिरा उचियामाले नेतृत्व गर्ने उक्त नयाँ पार्टीको नाम “किजुना“ राखिएको छ ।

“किजुना“ शब्दको अर्थ ऐक्यबद्धता भन्ने हो र उनीहरुले सामाजिक–पारिवारिक ऐक्यबद्धता, मित्रता तथा सहयोगको लागि भन्ने अर्थमा सो नाम रोजेको बताएका छन् । उक्त शब्दको खान्जी (जापानी अक्षर) सन् २०११ को बर्ष अक्षरको रुपमा पनि छनौटमा परेको छ । सन् २०११ को बर्ष अक्षर छनौटको लागि झन्डै ५ लाख जनाले सहभागिता जनाएकोमा सबैभन्दा बढि (६० हजार जना) को छनौटमा परेको किजुनाले बर्ष अक्षरको मान्यता पाएको थियो ।

सतारुढ दल परित्याग गरि नयाँ पार्टी खोल्ने सांसदहरुमध्ये एक, गुन्मा केनबाट प्रतिनिधित्व गर्ने ताकासी इसिजाकीले प्रधानमन्त्री नोदाले स्थानीय जनताको भावना बिपरित याम्बा ड्यामको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेकोले आफूले पार्टी परित्याग गरेको बताएका छन् । गुन्मा केनको यान्बा ड्याम केही बर्षदेखि बिबादित बन्दै आइरहेको निर्माणाधिन आयोजना हो ।

त्यसैगरी अर्का सांसद मियागी केनबाट प्रतिनिधित्व गर्ने यासुनोरी साइतोले भने बर्तमान सरकारको उपभोक्ता कर बढाउने निर्णयको बिरोध गर्दै आफूले पार्टी परित्याग गरेको बताएका छन् । पार्टी परित्याग गर्ने सांसदहरुले हालको सत्तारुढ दलले सन् २००९ को निर्वाचनको समयमा सार्बजनिक गरेको घोषणा पत्रबाट बिचलित भएको आरोप लगाएका छन् । जसले गर्दा मतदाताहरुको आशा तथा बिश्वासमा घात गरेको उनीहरुको ठम्याइ रहेको छ । उनीहरुको नयाँ पार्टीले जनताहरुको सो आशा तथा बिश्वासलाई समेटेर अगाडी बढने कुरा सांसद उचियामाले बताएका छन् ।

स्मरणरहोस्, सन् २००९ को निर्वाचनमा ५० बर्षसम्म सत्ताको बागडोर सम्हालेको लिबरल डेमोक्र्याटिक पार्टी (जिमिन्तो) लाई पराजित गर्दै मिन्स्युतोले राज्यको सत्ता आफ्नो हातमा पारेको थियो । तर आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसारका कार्यक्रमहरु लागु गर्न नसक्दा सतारुढ दलप्रतिको जनताको समर्थन दिनानुदिन घट्दै गएको बेलाबेलामा सार्बजनिक गरिने सर्बेक्षणहरुले देखाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया