Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

आचार्य इन्टरप्राइजेजद्वारा संचालित इन्डियन–नेपाली रेष्टुरेन्ट हो – आशिर्बाद । बिशेष गरी इन्डियन खानाहरु उपलब्ध गराइने र नेपाली खानाहरु पनि केही मात्रामा पाइने यस रेष्टुरेन्टका संचालक बाग्लुङ कुंडुले निवासी चिन्तामणी आचार्य हुनुहुन्छ । जापान आउनुभन्दा अगाडी करिब १० बर्ष इन्डियामा होटेल लाइन सम्बन्धी अनुभब बटुल्नु भएका आचार्यले जापान आउनु भएको १ बर्षपछि नै आफ्नो ब्यवसाय शुरु गर्नुभएको थियो । सन् २००७ मा जापान प्रबेश गर्नुभएका आचार्य टोक्यो आउनु अघि मियागी केनको सेन्दाइमा ज्योति नाम गरेको रेष्टुरेन्ट संचालन गरेर बस्नु भएको थियो । टोक्योमा रेष्टुरेन्ट शुरु गरेको करिब डेढ बर्ष मात्र भए पनि आफ्नो ब्यवसायबाट उहाँ सन्टुष्ट नै हुनुहुन्छ । आशिर्बाद रेष्टुरेन्टमा धेरैजसो जापानी ग्राहकहरु नै आउने गर्दछन् । नेपाली भएर पनि इन्डियन खानाहरु उपलब्ध गराएकोमा त्यहाँ आउने ग्राहकहरुले पनि प्रश्न गर्ने गरेको र त्यसको प्रतिउत्तरमा नेपाली र इन्डियन खानामा खासै अन्तर नभएको र आफ्नो अनुभबको आधारमा ब्यवसाय गरेको बताउने गरेको श्री आचार्य बताउनु हुन्छ ।

उहाँ नेपालमा हुँदा पनि सानोतिनो भएपनि आफ्नै ब्यवसाय गर्दै तत्कालिन सूर्य टोबाको कं. लिमिटेडको मार्केटिङ अफिसरको रुपमा पनि काम गर्नुहुन्थ्यो । जापानमा ब्यवसाय गर्ने शिलशिलामा भोग्नु परेका अप्ठ्यारा तथा चुनौतीको बारेमा जिज्ञासा राख्दा भाषा नै सबैभन्दा ठूलो समस्या भएको उहाँले बताउनु भयो । रेष्टुरेन्टमा जसोतसो गरेर काम चलाए पनि बिभिन्न निकायहरुमा जाँदा भाषा राम्रोसँग नजान्ने ब्यक्तिहरुले अरुको भर पर्नुपर्ने बाध्यता रहेको उहाँको अनुभब छ । त्यसैले जापान आउनु अघि अलिकति भएपनि भाषाको ज्ञान भयो भने राम्रो हुने श्री आचार्य बताउनुहुन्छ ।

जापानमा नेपालीहरु अझ बढी सफल हुनको लागि नेपाली समाजको बीचमा हरेक कुरामा एकजुट भएर अगाडी बढ्नु पर्ने, ब्यवसायिक रुपमा पनि एक आपसमा सहयोगको भावनाले अगाडी बढ्नुपर्ने उहाँको बिचार छ ।

आशिर्बाद रेष्टुरेन्टको पूरा ठेगानाः

टोक्यो तो आदाची कु हिरोमिची १–४–१५–१०१

फोन नं ०३–३८८७–५५२८, ०८०–३८९३–४५७६

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया