Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

एबिज ग्रुप युबा ब्यवसायी संदिप ढुंगानाद्वारा संचालित कंपनी हो । साइतामा केनको आसाका सिटिमा मुख्य कार्यालय रहेको एबिज ग्रुप अन्तर्गतको एउटा मुख्य ब्यवसाय एबिज डिजाइन हो भने यहि ग्रुप अन्तरगत इन्डियन नेपाली रेष्टुरेन्ट निरुजु किचेन पनि संचालनमा रहेको छ । उक्त रेष्टुरेन्ट भने सिजुओका केनमा रहेको छ ।

एबिज डिजाइन मार्फत मेनु, चिरासी, साइनबोर्ड लगाएतका ब्यवसायिक सामाग्रीहरुको डिजाइन गर्ने र फोटोग्राफी सम्बन्धी कामहरु नै यस ग्रुपको मुख्य सेवाको रुपमा रहेको छ । पृथ्वीचोक, पोखरा निवासी संदिप ढुंगानाले सन् २००९ मा स्थापना गरेको यस कंपनीले जापानको नेपाली बजारमा राम्रै पकड जमाइ सकेको छ । नेपालमा हुँदा पनि विद्यार्थी जीवनदेखि नै परिवारले संचालन गरेको ब्यवसायमा सघाउँदै आएका ढुंगानालाई आफ्नै ब्यवसाय गर्ने इच्छा पहिलेदेखि नै थियो । जस अनुरुप उहाँले जापानकै बिश्वबिद्यालयबाट अन्तरराष्ट्रिय ट्रेडिङमा स्नातकोत्तर गरेपछि आफ्नै कंपनी दर्ता गरी ब्यवसाय संचालन गर्दै आउनु भएको छ ।

शुरुमा २००३ सालमा भाषा बिद्यार्थीको रुपमा जापान छिरेका ढुंगानालाई आफ्नो ब्यवसायिक सन्तुष्टीको बारेमा जिज्ञासा राख्दा कामहरु क्रमश बढदै गएको र अहिलेको जस्तो परिस्थितिमा सन्तोष नै लिनुपर्ने स्थिति रहेको बताउनु भयो । आफ्नो ग्राहकहरु बिशेष गरी नेपाली र इन्डियनहरु भएको उहाँले बताउनु भयो । जसका कारण बजार सानो र सीमित भएको उहाँ बताउनु हुन्छ । नेपालीहरुसँगको ब्यवसाय भएकोले धेरै जसो उधारोमा काम गर्नुपर्ने र पैसा संकलन गर्न पनि गाह्रो हुने समस्याहरु आफ्नो ब्यवसायमा रहेको उहाँको भनाइ छ । नेपालदेखि नै चल्दै आएको चलन भएकोले यसलाई केही गर्न नसकिने उहाँको बिचार छ ।

एनआरएन जापानको केन्द्रीय समितिका सदस्य समेत रहनुभएका ढुंगानालाई एनआरएनले अब के गर्नुपर्ला ? भन्ने जिज्ञासा राख्दा देशको आर्थिक बिकासको लागि सामुहिक लगानीको अभियानलाई तीब्र पार्नुपर्ने उहाँको बिचार छ । अहिलेसम्म सीमित र सफल ब्यवसायीहरुले मात्र एन आर एनको नाममा नेपालमा लगानी गरेकोमा अबका दिनमा सकेसम्म धेरै गैर आवासीय नेपालीहरुलाई समेटने आयोजनाहरु ल्याई न्युनतम लगानी गरेर भए पनि देश बिकासमा सहभागी बन्ने मौका सबै नेपालीहरुलाई दिनुपर्ने उहाँको बिचार छ ।

एबिज ग्रुपको मुख्य कार्यालयको पूरा ठेगानाः

साइतामा केन असाका सी निसी बेन्जाइ १–१५–१८

कासा मेगुमी बिल्डिङ तेस्रो तल्ला

फोन नं. ०४८–४७५–८०४५

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया