Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
निमेन्द्र शाही 
बाजुरा –  बाजुरामा बन्यजन्तुको चोरी सिकारी बढेको छ । सिकारीहरुले सदरमुकाम मार्तडी र कोल्टी बजारमा राष्ट्रिय पंक्षी डाँफे सहित मुनाल, कालिज घोरल, बनेल लगायतको मासु बिक्री गर्न थालेका छन् ।
सदरमुकाम मार्तडीमा कालिजको मासु प्रति केजी पाँच देखि आठ सयसम्ममा बिक्री हुने गरेको छ भने सिकारीहरुले डाँफे र मुनालको मासु १५ सय देखि दुईहजार रुपैँयासम्ममा बेच्ने गरेका छन् । डाँफे र मुनालको मासु बजारमा धरै बिक्ने भएकोले मुल्य पनि बढी भएको मार्तडीका एक युवाले बताए । पकाएको मासु प्रति प्लेट तीन सय रुपैँया सम्ममा बिक्ने गरेको उनले बताए ।
स्थानीय बासिन्दाले घोरल र रतुवालाई बाख्रा पालेजस्तै गरी घरमा दाम्लोमा बाँधेर र डाँफे, कालिज, भ्याकुर, च्याखुरालाई कुखुरा जस्तै पिंजडामा थुनेर पाल्ने गरेको समेत पाईएको छ । तर जिल्ला बन कार्यलय बाजुराले चोरी सिकारी रोक्न तर्फ कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ ।
बन रक्षकहरु जंगल जान छाडेपछि चोरी सिकारी बढेको हो । जिल्लाको खप्तड राष्ट्रिय निकुन्जसँग सीमा जोडिएको काँडा गाविस र बडिमालिकामा खुल्लमखुल्ला सिकार हुँदा समेत जिल्ला बन कार्यालयले कारबाही गरेको छैन ।
जिल्लामा ३४ मध्ये २८ बन रक्षक फिल्डमा गएको बन कार्यालयले बताएपनि कार्य क्षेत्रमा भने उनीहरु कहिल्यै नभेटिने स्थानीय बासिन्दाको भनाई छ । बदेल, कालिज, घोरल, रतुवा चोरी सिकारीको मुख्य चपेटामा परेका छन् । द्वन्द्वका बेला ध्वस्त भएका बन कार्यालयको भवन पूर्ननिर्माण नहुँदा बन रक्षकलाई काम गर्न समस्या परेको बन कार्यालयको भनाई छ । केहीदिन देखिको हिमपातका कारण पनि शिकारीलाई वन्यजन्तु मार्ने मौका मिलेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवरले चारी सिकारी बढेको गुनासो आएपछि कारबाहीका लागि जिल्ला बन कार्यलयलाई जानकारी गराएको बताउनुभयो । बन्यजन्तु र पंक्षीको चोरी सिकारीमा संलग्नलाई कुनै पनि हालतमा नछोड्ने उहाँको भनाई छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया