Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

“मलेसिया तथा खाडी मुलुकका ग्राहकका लागि २० लाखको आईएमई कल्याणकारी कोष स्थापना”

टोकियो – जापानबाट नेपाल पैसा पठाउँदै आएको रेमिटेन्स कम्पनी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले केही समयअघि ल्याएको “आईएमई गरौ, कार जितौ” योजनाको भाग्यमानी बिजेता तनहुँ बन्दीपुरका लालबहादुर भुजेलले फोर्ड फिगो कार जित्न सफल भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा पैसा पठाउने ग्राहकका लागि लक्षित गरि क्योदाइले आईएमईसगँको सहकार्यमा अघि सारेको यो योजनामा जापानबाट क्योदाइ मार्फत् आईएमई नेपालमा पैसा पठाउने क्योदाइ र आईएमईका कर्मचारीबाहेक हरेक ग्राहकहरु सहभागी हुने सुबिधा प्रदान गरेको थियो । यो योजना अन्तर्गत अगष्ट १, २०११ देखि ३१ डिसेम्वर २०११ सम्म क्योदाइ मार्फत् आईएमई नेपालमा पैसा पठाउने सबै ग्राहकहरु स्वतः सहभागी भएका थिए ।

बिजेतालाई क्योदाइका निर्देशक तोहरु ताकिही प्रमुख कार्यकारी अधिकृत युसिरो किमोतो र आईएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले सयुक्त रुपमा बिजेता घोषणा गरेका थिए । बिजेताले क्योदाइको जापानस्थित टोकियो शाखामार्फत् रु ८००० रुपैया नेपालमा पठाएका थिए ।

सुरक्षित रेमिट्यान्स सेवाका बारेमा आम जनमानसमा जनचेतना प्रदान गर्ने र ग्राहकहरुमा बैध बैकिङ माध्यमबाट रेमिट्यान्स पैसा पठाउन हौसला प्रदान गर्ने उदेश्यले जापानमा रहेका नेपालीहरुलाई लक्षित गरी उक्त योजना अगाडि सारिएको कुरा आइएमईले विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निर्वाह गदै आएको आफ्नो भुमिकालाई संस्थागत गर्ने क्रममा बैदेशिक रोजगारीका क्रममा रहेका मलेसिया तथा खाडी मुलुकका हाम्रा ग्राहकलाई लक्षित गरि ती मुलुकहरुमा बिभिन्न दुर्घटनाका कारणले ज्यान गुमाउनेका परिवार र अंगभंग हुने आफ्ना ग्राहकका लागि राहत प्रदान गर्ने उदेश्यले यसै आर्थिक बर्षका लागि आईएमईको कल्याणकारी कोषमार्फत् रु २० लाख रकम छुट्टाईएको जानकारी समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आईएमई मार्फत् कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरि सञ्चालन गरिएका यस्ता कार्यक्रमले ग्राहकमा बैधानिक रेमिट्यान्सबारे जनचेतना अभिबृद्धि हुने र बैदेशिक रोजगारीका क्रममा बिभिन्न समस्याबाट पीडित आम नेपाली दाजुभाईलाई राहत र बैध बैकिङ माध्यमबाट सुरक्षित रेमिट्यान्स सेवाको बिस्तारमा टेवा पुग्ने बिश्वास समेत आईएमईले लिएको छ ।

 

तपाईको प्रतिक्रिया