
अख्तियारले यसरी छानविन गर्न लागेको कर्मचारीहरू मा सचिव, सहसचिव, प्रहरी सेवाका अतिरिक्त महानिरीक्षक र विभागका प्रमुखहरू तथा पूर्व कर्मचारी एवं पदाधिकारीहरू रहेका छन् ।
यस्ता कर्मचारी तथा पदाधिकारीहरू को सम्पत्ति छानविन गर्ने उद्देश्यले अख्तियारले उनीहरू लाई सम्पत्ति विवरण बुझाउनेसम्बन्धी लामो विवरण फाराम उपलब्ध गराएको थाहा भएको छ । यस्तो फाराममा उनीहरू ले आफ्नो समेत पत्नी, छोराछोरी, आमाबाबु, सासुससुरा र सालासालीलगायतका नातागोताको नाममा रहेको सम्पत्ति विवरण प्रस्तुत गर्नुपर्नेछ ।
अख्तियार स्रोतका अनुसार यस्ता कर्मचारी पदाकिारीहरू को पहिलेको आर्थिक अवस्था, सेवा प्रवेशपछि परिवारमा आएको आर्थिक परिवर्तन तथा बिलासी जीवनबारे आयोगले अध्ययन अनुसन्धान गर्नेछ ।
अख्तियारले छानविन गर्न लागेका कर्मचारीहरू मध्ये नाथुप्रसाद चौधरी सचिव, लक्ष्मीप्रसाद ढकाल सहसचिव, लक्ष्मण अर्याल सहसचिव, चन्द्रकुमार घिमिरे महावाणिज्यदूत, जीवन थापा र ऋषभदेव भट्ट राई अतिरिक्त प्रहरी महानिरीक्षक, खड्गबहादुर बस्नेत, डा.रामनारायण शाह र लालबाबु कवारी, निर्देशक मनोज घिमिरे सिडिई अब्दुल राइस खाँ र उपेन्द्र मण्डल जिल्ला शिक्षा अधिकारीलगायतका छन् ।