Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
नुवाकोट (त्रिशूली)- रेन्बो ट्राउट माछाको व्यावसायिक पालन गर्ने नेपालकै पहिलो जिल्ला नुवाकोटमा अहिले पनि देशकै ६० प्रतिशतभन्दा बढी ट्राउट माछा उत्पादन गरेको छ ।
आफ्नो  देशबाट भित्रिएको माछाको सफलतापूर्वक व्यावसायिक प्रवर्द्धन गर्न र यहाँको माछापालनको अवस्था बुझ्न नेपालका लागि जापानी राजदूत क्युनियो ताकहासियोले माछापालन क्षेत्र ककनीको भ्रमण गर्नुभएको छ ।
पन्ध्र वर्षअघिदेखि निजी क्षेत्रमा सुरु भएको ट्राउट माछापालन पछिल्लो समय आम्दानीको राम्रो स्रोत मात्र बनेको छैन, जिल्लाकै पहिचान रूपमा विकास भएको छ । पछिल्लो पाँच वर्षदेखि एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत यो व्यवसाय विस्तार भइरहेको छ ।
राजदूत ताकाहासियोले ककनी क्षेत्रका माछाको तीन र्फमको अवलोकनका साथै किसानसँग माछापालनको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
किसानले ट्राउटको व्यावसायिक विस्तारका लागि भोग्नुपरेका समस्या र यसबाट हुने फाइदाबारे बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डिराज ढकाल र विनोदबहादुर श्रेष्ठ तथा जापानी सहयोग नियोग जाइकाका प्रतिनिधिसमेत सहभागी थिए ।
कार्यक्रममा माछा वैज्ञानिक साधुराम बस्नेतले नेपालका १३ जिल्लामा ट्राउट माछाको उत्पादन भइरहेको र ५४ जिल्लामा विस्तार गर्न सकिने जानकारी दिनुभयो । निरीक्षणका क्रममा नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले जिल्लामा पाँच वर्षको अवधिमा रेन्बो ट्राउट माछाको विकास, सम्भावना र चुनौतीकाबारेमा जानकारी गराउनुभएको थियो ।
राजदूत ताकाहासियोले ककनीमा दुई दशकअघि जापानबाट भित्रिएको स्ट्रबेरीखेती तथा क्युबी (जापानी ऐंसेलु) र भुइँस्याउ खेतीको पनि अवलोकन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया