Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

स्वरुपराज सहित थुप्रै कलाकार नेपाल र भारतबाट आउँदै

दोहा – अंग्रेजी नयाँ बर्षको अवसर पारेर कतारमा दोहोरी कार्यक्रमका साथै आधुनिक गीत, नृत्य र प्रहसन प्रदर्शनीको लागि नेपालबाट आउने कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती देखाउने भएका छन् । सम्सारा थकाली भान्छाघरको दोश्रो प्रस्तुती र इन्टेग्रल ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीको संयुक्त सहभागितमा हुन लागेको सो कार्यक्रममा आदित्यराज र हरि पुन कार्यक्रम संयोजक रहेका छन् ।

सो दोहोरी कार्यक्रमको पहिलो चरण दोहाको पाँच तारे गल्फ होराईजन होटलमा डिसेम्बर २९ तारिखको बेलुकी ६ बजेदेखि प्रदर्शन गर्न लागिएको हो । नेपालका चर्चित आधुनिक गायक स्वरुपराज आचार्य, बद्रि पंगेनी, जुनु रिजाल, हरि विनोद अधिकारी तथा लोक गायनमा बद्रि पंगेनी र देवकी केसीको बेजोड चटपटे दोहोरी पनि रहने छ । त्यस्तै गरी अन्य कलाकारहरुमा मेरी बास्सैका कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र शुन्तली ) सहित नेपालका चर्चित नायक सुमन सिंह, नायिका शुष्मा कार्की, ज्योति लोहनी र भारतबाट आउने चर्चित भोजपुरी नायिका तथा नृत्यांगना विना नायरको पनि अनुपम प्रस्तुती रहने भएको छ ।

कास्की आदर्श सेवा समाज विशेष सहयोगी संस्था रहेको सो कार्यक्रममा कास्कीकोट सेवा समाज, रुपाकोट सेवा समाज, सद्भाव सेवा समाज, सल्यान सेवा समाज, हिमालय सेवा समाज, प्रवासी हेम्जा सेवा समाज, खोटाङ सेवा समाज र ४×५ स्टुडियो सहयोगी संस्थाको रुपमा रहेका छन् भने अन्य सहयोगीहरुमा व्यवशायी भूपति भट्टराई, अनिल कार्की, आश बहादुर गुरुङ र भुवन बिष्ट रहेका छन् ।

गल्फ होराईजन होटलमा हुन लागेको सो कार्यक्रममा स्न्याक्सहरु आयोजकको तर्फबाट दर्शकहरुले निःशुल्क प्राप्त गर्न सक्नेछ भने पेय तथा अन्य पदार्थहरु शशुल्क कार्यक्रम स्थलमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको कुरा कार्यक्रम आयोजक तथा संसारा थकाली भान्छा घरका संचालक हरि पुनले बताए ।

होटलमा हुने कार्यक्रमको टिकट दर कतारी रियाल १०० राखिएको छ भने भोलि पल्ट लगत्तै दोहा सिनेमा हलमा हुने कार्यक्रममा विभिन्न दर रेटको टिकटहरुको व्यवस्था गरिएको अर्का कार्यक्रम संयोजक आदित्यराजले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया