Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – कुक पेसा हुँदै आफ्नै ब्यवसायिक यात्रा शुरु गरेका भरतपूर चितवनका मिनप्रसाद खरेलले स्थापना गरेको रेष्टुरेन्ट हो ‘सान्जी’ । रोजगारीको क्रममा भारतमा गई त्यहाँको अनुभब बटुल्दै जापान छिरेका श्री खरेल यहाँ आएर पनि करिब ७ बर्ष जति रेष्टुरेन्टमा काम गरेपछि उक्त अनुभबलाई उपयोग गर्दै ५ बर्ष अघिदेखि आफ्नै ब्यवसाय शुरु गरेको बताउँछन् । श्री खरेलको हाल कुमामोतो र गुन्माकेनमा गरी ४ वटा रेष्टुरेन्ट छन् ।

आरुश इन्टरनेशनल कम्पनी लिमिटेड अन्तर्गत रहेका ती रेष्टुरेन्टहरु सन्तोषजनकरुपमै चलिरहेको सञ्चालक श्री खरेलकी धर्मपत्नी शर्मिला खरेलले कुराकानीको क्रममा बताउनुभयो । सान्जी रेष्टुरेन्टमा कार्यरत धेरैजसो कुकहरु इण्डियामा कुकको अनुभब लिएर आएका र इण्डियन खानामा राम्रो दखल राख्ने भएकोले त्यहाँ नेपाली खाना नभै इण्डियन खाना मात्र पाइने श्रीमती खरेलले बताउनुभयो ।

उहाँको रेष्टुरेन्टमा बिशेषगरी जापानी, अमेरिकन तथा इण्डियन पाहुनाहरु बढी आउने गरेको पाईन्छ । नेपाली भएर पनि इण्डियन खानाहरु मात्र उपलब्ध गराउने गरेकोमा केही पाहुनाहरुले पनि जिज्ञासा राख्ने गरेको बताउँदै श्रीमती खरेलले इण्डियन खानामा राम्रो अनुभब भएको र यसको माग पनि बढी भएकोले आफूहरुले इण्डियन खानालाई प्राथमिकता दिएको बताउनुभयो ।

सान्जी रेष्टुरेन्टको पूरा ठेगानाः

कुमामोतो केन कुमामोतो

सि मुसासिगाओका ७–४–९,

सम्पर्क फोनः ०९६–३३८–३८७७

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया