Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – नारा केनको कासिहारा शहरमा अवस्थित काठमाडौं क्याफे रेष्टुरेन्टका सञ्चालक श्री नारायण खत्री (स्टेभेन्स) गत १० बर्षदेखि रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्छ । मालेपाटन–५, पोखराका श्री खत्री रोजगारको क्रममा सर्बप्रथम न्यूजिल्याण्ड जानुभई त्यहाँस्थित जापानी कम्पनीमा काम गर्नुभएको थियो । त्यहि सिलसिलामा चिनजान भएको जापानीको माध्यमबाट जापान आउनुभएका खत्रीले हाल ओसाका र नारामा गरी २ वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।

जापानमा ब्यवसाय गर्दै नेपाल र नेपालीको लागि पनि केहि गरौं भन्ने भावनाका साथ उहाँ एनआरएन जापानमा केहि बर्षदेखि संलग्न भइ हाल कान्साइ क्षेत्रीय समितिको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काठमाडौ क्याफे रेष्टुरेन्टमा बिशेषगरी नेपाली खानालाई प्रथमिकता दिईएको कुरा उहाँका दाजु गोबिन्द खत्रीले बताउनुभयो । उहाँले जापानमा भएका धेरैजसो नेपाली रेष्टुरेन्टहरुमा इन्डियन खाना उपलब्ध गराइने गरिएको, जसलेगर्दा नेपाली खाना खान आउने पाहुनाहरुले नेपाली र इन्डियन खानामा फरक छुट्याउन नसकेको गुनासो गर्ने गरेको बताउनुभयो ।

इन्डियन खाना बिक्रि गर्दा केही मात्रामा बिक्रि त बढ्ला तर त्यसले नेपालको भन्दा भारतीय प्रचार बढी हुने भएकोले नेपाली भएको नाताले आत्मसन्तुष्टी नहुने उहाँको ठम्याई छ । ब्यवसायिक सन्तुष्टीको बारेमा जिज्ञासा राख्दा श्री खत्रीले केही बर्ष अघिको तुलनामा त्यति सन्तोषप्रद नभए पनि आत्तिईहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभयो । काठमाडौं क्याफेमा बिशेष गरी जापानी, अष्ट्रेलियन, अमेरिकन, इन्डियन पाहुनाहरु आउने गर्दछन् ।

काठमाडौं क्याफेको पूरा ठेगानाः

नारा केन कासिहारा सी,

किता यागी च्यो १–५–२,

सम्पर्क फोनः ०७४–४२३–१७३१

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया