Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – नेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेमवहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे, सचिवमा अशोक मैनाली, सहसचिवमा वीरेन्द्र सुनुवार र कोषाध्यक्षमा पुष्पराज लामिछानेलाई सर्वसम्मतिले चयन गरेको छ ।

कार्य समिति सदस्यमा दिपक कट्टेल, तेजप्रकाश विमली, चन्द्रप्रकाश खनाल.चयन भएका छन् । साथै अधिवेशनबाट केन्द्रिय परिषदमा मिनप्रकाश उप्रेती, पुरु जोशी र सन्तोश श्रेष्ठलाई मनोनित गरेको छ । त्यस्तै निवर्तमान अध्यक्ष रघु त्रिपाठीलाई अधिवेशन हलबाटै प्रमुख सल्लाहकार चयन गरिएको छ ।

यसअघि तेस्रो अधिवेशनको उदघाटन गर्दै कोरियास्थित नेपाली राजदूत कमलप्रसाद कोइरालाले नेपालमा मिडिया शक्तिशाली बन्दै गएकाले भ्रष्टाचार र अनैतिक काम गर्नेहरु डराउन थालेको बताउनुभयो । उहाँले आफू पनि पत्रकार भएकाले नेपालमा पत्रकारहरु भौतिक र व्यवसायिक रुपमा असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।विशेष अतिथि पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नेपालमा पछिल्लो समयमा पत्रकारहरु राज्यपक्षबाट भन्दा पनि गैर राज्यपक्षबाट बढि असुरक्षित बन्दै गएको र दण्डहीनताले पश्रय पाउँदा त्यस्ता समूहहरुले पत्रकारहरुलाई त्रासमा पार्ने गरेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक सन्दर्भलाई एउटा व्यवसायिक पत्रकारको आँखाले देखेको आधारमा विश्लेषण गर्दै, शान्ति प्रक्रिया र संविधान लेखनको काम अन्तिम चरणमा पुगे पनि यो प्रक्रिया टुंगिएपछि हुने चुनावमा आफ्नो हैसियत के हुने भन्ने भयले दलका शीर्ष नेताहरुबीच अझै पनि सहमति हुन नसकेको बताउनुभयो । उहाँले दल विशेष र नेता विशेषको स्वार्थमा समग्र देशको भविष्य बन्धक बनेको बताउनुभयो ।

अधिवेशन समारोहलाई पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय मात्रिका पौडेल, सूर्यमणी गौतम, एनआरएनका पूर्व एशिया प्यासिफिक सहसंयोजक रुद्र शर्मा, पूर्व आइसिसी सदस्य गंगा राई, एनसिसीका पूर्व अध्यक्ष मनोज कार्की, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, सोनसिककी उपाध्यक्ष इन्दिरा तिवारी, एनसिसीका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, एनआरएन आइसीसीका सदस्य डा. देवी बस्नेत, पास्टर यज्ञराज सुवेदी, नेपाली सम्पर्क समिति बुल्यखं शाखाका दिपकराज रेग्मी लगायतले सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

बन्द सत्रमा निवर्तमान सचिव खेम कार्कीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष गिरिराज कुँवरले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनलाई सहभागीहरुको सुझाव सहित पारित गरिएको थियो । रुद्र शर्माको अध्यक्षतामा गठित निर्वाचन समितिले लामो छलफलपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको थियो । सोही हलमा महासंघका अध्यक्ष शिव गाउँलेले कोरियामा कार्यरत पत्रकारहरुलाई आधारभूत पत्रकारिता तालिमका साथै समाचार लेखनका विषयमा प्रशिक्षण समेत दिनुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया