Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
टोकियो- तमु जातिहरुको महानपर्व ल्होसार मु प्री ल्हो (गिद्द बर्ग) आगमनको अवसरमा तमु धिं टोकियो जापानको आयोजनामा यही जनवरी २ तारिख सिन्जुकुमा अवस्थित युनिभर्सल सिटी हलमा गरिने यस बर्षको ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
धिं का अध्यक्ष एवं कार्यक्रमका संयोजक याम तमुले ल्होसार कार्यक्रम लाइ भव्यरूपले सम्पन्न गर्न सबै कार्यहरु पूरा भइसकेको जानकारी दिनुभयो । यस बर्षको ल्होसार कार्यक्रम तमु जातिहरुको मौलिक संस्कृतिमा आधारित रोंधीघरमा घन्किने सालैजो, कौड़ा गितहरुमा स्थानिय कलाकारहरुको बेजोड़ सांस्कृतिक नृत्यहरु प्रस्तुत गरी दर्शक महानुभावहरूलार्इ भरपूर मनोरन्जन प्रदान गरिने सांस्कृतिक कार्यक्रम संयोजक युक्तमान तमुले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि आमन्त्रित लोकगायक धनबहादुर तमु सोमबार टोकियो आइपुग्नुभएको छ । उहाँको स्वागत कार्यक्रम डिसेम्बर ३० तारिख बिहीबार साँझ ७ बजे ईकेबुकुरो लाईनको एकोडा स्टेशन नजिकै पर्ने पोखरा किचन रेष्टुरेन्टको हलमा गरिने भएको छ ।
यसैबीच तमु धी जापानले जापानमा प्रवासी जीवन बिताई रहनुभएका सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीहरुलाई ल्होसार कार्यक्रममा सहभागी भइदिन र जापानबासी तमु बन्धुहरुलाई तमु धीं जापानको साधारण सदस्य लिई दिनु हुन पनि  हार्दिक अनुरोध गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया