Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावलाई यथास्थितिवादी आरोप लगाएका उपाध्यक्ष मोहन वैद्यले आइतबार आफ्नो फरक प्रस्तावलाई अन्तिम रुप दिंदैछन् ।
वैद्यपक्षीय पोलिट्ब्युरो सदस्य पम्फा भूसालका अनुसार आइतबार आफ्नो विचार समूह बसेर प्रस्तावलाई अख्तिम रुप दिइने छ ।
एकीकृत नेकपा (माओवादी)को शनिबारको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्यले अर्को प्रस्ताव पेश गर्ने जनाउ दिएका थिए । दाहालले ;पार्टीमा विकसित सङ्कट, त्यसको समाधान र आगामी कार्यक्रमबारे संक्षिप्त राजनीतिक प्रतिवेदन’ प्रस्तुत गरेका थिए।
स्रोतका अनुसार वैद्यले यसअघि केन्द्रीय कार्यालयमा पेश गरेका १३ बुँदे मागमा पार्टी नबोलेको भन्दै प्रस्तावमा कडा आलोचना गरेका छन् । उनले जनयुद्धको कार्यदिशालाई पार्टी नेतृत्व र सरकारले बिर्सिएको आरोप लगाएका छन् ।
वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईलाई फिर्ता बोलाउनेबारे भने निर्णय लेखिसकेका छैनन् । यद्यपि आइतबार आफूनिकटका नेताहरुको सल्लाहपछि यसलाई राख्ने/नराख्ने निर्णय हुने छ ।
उपाध्यक्ष वैद्यले अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अध्ययन गरी आफूले अर्को लिखित प्रतिवेदन ल्याउने बताएपछि शनिबार बैठक सोमबारसम्मका लागि स्थगित भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिएका थिए ।
अध्यक्षको प्रतिवेदनमा अहिले पार्टीमा देखिएको विवाद विचारमा आधारित अन्तरविरोध भएको तथा विवादित विषयहरुलाई महाधिवेशनमा लैजानुपर्ने धारणा अघि सारेको प्रवक्ता शर्माले बताए।
उपाध्यक्ष मोहन वैद्य पक्षधर पोलिटव्युरो सदस्य पम्फा भुसालले अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन यथास्थितिवादी र समग्र पार्टीको कार्यदिशासँग मेल नखाने भएकोले त्यसलाई आफूहरुले अस्वीकार गर्ने बताइन् ।
यसअघि ११ पटकसम्म माओवादीको केन्द्रीय समितिको बैठक डाकिए पनि स्थगित हुँदै आएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया