Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं– सभामुखले बैठकमा बोल्न नदिएको झोंकमा संसदको माइक भाँच्ने सभासद्ले एक लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।
व्यवस्थापिका–संसद् सम्बद्ध प्राविधिकका अनुसार ती माइक बनाउन  एक लाख रुपैयाँ खर्च लाग्नेछ । सभासद्  सञ्जयकुमार साहले बोल्न नपाएको झोंकमा तीनवटा माइक भाँचेका थिए ।
बैठक स्थगनपछि सभासद् अमर्यादित र अनुशासन भङ्ग हुने गरी व्यवस्थापिका–संसद्को सम्पत्तिको समेत भौतिक क्षति गर्नेसम्मको ध्वंसात्मक प्रवृत्ति देखाएको सम्बन्धमा सभामुखसमक्ष संसद्का कर्मचारीले प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमा उल्लेख भएबमोजिम सभासद् साहले अमर्यादित, अनुशासन भङ्ग हुने र बैठकभित्र ध्वंसात्मक प्रवृत्ति देखाएको ठहर गरी संविधानसभा नियमावलीअनुसार बिहीबारको मितिदेखि  १० दिनसम्मका लागि निलम्बन गर्ने व्यवस्थापिका–संसद्ले निर्णय गरेको छ ।
माइकको क्षतिबारे प्राविधिकबाट यथार्थ मूल्याङ्कन गराई सो रकम निजले पाउने पारिश्रमिकबाट कट्टा गरी सोको जानकारीसमेत सम्बद्ध संसदीय दललाई दिन र आदेश सूचनापत्रमा प्रकाशन गर्न सभामुुखले व्यवस्थापिका–संसद्को महासचिवको नाममा आदेश जारी गर्नुभएको व्यवस्थापिका–संसद्द्वारा बिहीबार साँझ जारी सूचनामा जनाइएको छ ।
सभामुख सुवास नेम्बाङले व्यवस्थापिका–संसद्को बिहीबारको बैठक स्थगित भएको घोषणा गरेलगत्तै सभासद् साहले आफूले प्रयोग गरिरहेको सहित तीनवटा माइक तोडफोड गर्नुभएको थियो ।
सभासद् साहले बैठककक्षमा एक्कासी ध्वंसात्मक प्रवृति देखाई तीन वटा डेलिगेट्स माइक फुटाएपछि सभामुखको निर्देशनमा सभासद् साहलाई मर्यादापालकले बैठककक्ष बाहिर लगेका थिए ।
व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा सांसद्हरुले कालीकोटका मनवीर सुनारको मृत्युको विषयमा केन्द्रित रहेर समय माग गरी आफ्ना भनाइ राखिरहेको बेला सभासद् साहले आफ्नो ठाउँमा उभिएपछि सभामुखले यो विषयमा तपाईंको आपत्ति हो कि के हो, होइन भने तपाईंले विशेष समयमा बोल्नुहोला भनी सुझाव दिनुभएको थियो ।
कालीकोटको घटनाको बारेमा सरकारका तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने सभासद्हरुको भनाइ आएपछि विशेष समयलगायत बैठकको कार्यसूची हटाई बैठक स्थगित गरेको सभामुखले जानकारी गराउनुभएको थियो ।
त्यसपछि साहले आफूले बोल्न नपाएको झाँेकमा तीन वटा माइक तोडफोड गर्नुभएको बुझिएको छ । व्यवस्थापिका–संसद्को अभ्यासअनुसार बैठकमा कुन सभासद्ले बोल्ने भन्नेबारे सम्बन्धित दलको संसदीय दलका सचेतकले नाम दिनुपर्ने व्यवस्था छ । बैठकको विशेष समयमा बोल्न सभासद् साह सम्बद्ध दलले नामसमेत टिपाएको थिएन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया