Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं- आफू अध्यक्ष रहेको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा सहमति भएका विषयमा पार्टीभित्र विवाद भएपछि माओवादी अध्यक्ष एवं उपसमिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुन छाडेका छन् ।
प्रचण्ड लगातार दुइटा बैठकमा उपस्थित भएका छन् । पार्टीको आन्तरिक काममा व्यस्त भनिए पनि आफूले सहमति गरेका विषयमा उपाध्यक्ष मोहन वैद्य समूहले विरोध गरेपछि उनले उपस्थित हुन छाडेका हुन् ।
नयाँ संविधानमा जनयुद्ध राख्ने पार्टी अडान छाडेर सशस्त्र संघर्ष शब्द राख्न सहमति जनाएपछि विवाद चुलिएको थियो । यसैबीच दाहालले उपसमितिमा आफूलाई मानमर्दन भएको भन्दै निकटवर्तीसँग छलफल गरेका छन् ।
वैद्य समूहका नेता देव गुरुङलगायत आफूलाई अध्यक्ष नै नमान्ने तरिकाले प्रस्तुत भएको भन्दै मुख देखाउने अवस्थामासमेत नरहेको बताएका छन् ।
यसैबीच सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकमा उपसमितिका सदस्यहरुबीच नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित बुँदाको बारेमा छलफल भएपनि थप विषयमा सहमति जुटाउन असफल भयो ।
 बैठकमा संविधानको प्रस्तावना र परिवर्तनीय र अपरिवर्तनीय धाराको बारेमा छलफल भएको थियो । दलहरुबीच नयाँ संविधानमा परिवर्तनीय धारा राख्ने कि नराख्ने विषयमा विवाद भएपछि बैठकमा थप विषयमा सहमति जुट्न नसकेको हो ।
राज्य पुनर्संरचना बाहेकका संवैधानिक अदालत गठन, शासकीय स्वरुप लगायत ११ वटा बुँदामा दलहरुबीच विवाद कायमै छ । यद्यपी एकीकृत माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहका नेताहरुले उपसमितिले सहमति गरेका विषयमा फेरि छलफलको आवश्यकता औंल्याउन थालेका छन् ।
उपसमितिले गरेका सहमतिलाई अनुमोदनको लागि हिजो बसेको संवैधानिक समितिको बैठकमा माओवादी लगायत अन्य केही दलका नेताहरुले उपसमितिले गरेका सहमतिबारे फेरि छलफल हुनुपर्ने बताएका थिए ।
उपसमितिको बैठक आगामी शनिबार फेरि बस्नेछ । बैठकको अध्यक्षता एमाले नेता माधवकुमार नेपालले गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया