Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं-  उपप्रधान तथा गृहमन्त्री विजय गच्छदार प्रहरी महानिरीक्षक (आईजीपी) रवीन्द्रप्रताप शाहलाई हटाउने तयारी गरेका छन् ।
शाहलाई हटाउने कुनै बहाना नभेटिएकाले ढिलाइ भएको स्रोतले बताएको छ । गृह मन्त्रालय स्रोतका अनुसार शाहलाई हटाएर ‘विवादास्पद’ छविका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) किरण गौतमलाई ल्याउने कसरतमा गृहमन्त्री लागेका छन् ।
छ महिनाअघि मात्र आईजीपी भएका शाह कुनै विवादमा मुछिएका छैनन् र उनको कार्यकाल तुलनात्मक रूपमा राम्रो रहेकाले गृहमन्त्रीले हटाउने बहाना खोजिरहेको स्रोतको भनाइ छ ।
यसरी भयो विवाद
गृहमन्त्री गच्छदार र आईजीपी शाहबीच प्रहरी सरुवा, बढुवामा ठूलो मतभेद रहँदै आएको छ ।
गृहमन्त्रीले हालैमात्र जिम्मेवारी सम्हालेका डीएसपीलाई समेत सरुवा गरी आफूनिकटलाई राम्रो ठाउँमा पठाउन शाहलाई दबाब दिएका छन् । शाहले भने अवधि नै नपुगेका र राम्रो काम गरिरहेकाहरूको सरुवा नगर्ने अडान लिएका छन् ।
यसअघि प्रहरीभित्र आकर्षक मानिएका भैरहवा, पर्सा र मोरङका एसपीलाई सरुवा नगरेको भन्दै गृहमन्त्रीले असन्तुष्टि जनाएका थिए । भैरहवामा रवीन्द्र रेग्मी, पर्सामा रमेश खरेल र मोरङमा प्रद्युम्न कार्की एसपी छन् । उनीहरू सबै प्रहरीभित्र क्षमतावान, सक्षम मानिन्छन् र ती क्षेत्रमा उनीहरूको कामको आम प्रशंसा भइरहेको छ ।
दुई महिनाअघि आईजीपी शाह इन्टरपोलको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भियतनाम गएका बेला गृहमन्त्रीले ठाडो प्रस्ताव लगी डीआईजीद्वय नवराज ढकाल र भीष्म प्रसाईंलाई एआईजीमा बढुवा गरेसँगै यी दुईबीचको मतभेद सार्वजनिक भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया