Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं- तरुण दल चितवन अध्यक्ष शिवप्रसाद पौडेलको हत्याविरुद्ध भएको बन्दप्रति कडा बक्तव्य दिएका थिए अमेरिकी स्कट एच डेलिसीले ।
उनको अभिव्यक्तिप्रति कांग्रेसले आपत्तिमात्र जनाएन, उल्टै विरोध गर्न मान्छे लगाएपछि उनी कांग्रेसप्रति निकै चिढिएका छन् । तर उनले नेकपा (एमाले)मा आन्तरिक समझदारीका साथ पार्टी एकता अघि बढेकोमा अमेरिकाले बधाई दिए । डेलिसीले अध्यक्ष झलनाथ खनालसँग भेट गरी बधाई दिएका हुन् ।
 भेटमा अन्य राजनीतिक दल अनेक विवादमा अल्झिरहेका बेला एमालेमा नेताहरूबीच आन्तरिक समझदारी भएको भन्दै त्यसलाई व्यावहारिक रूप दिन राजदूतले आग्रह गरेको भेटघाटमा सहभागी एमाले विदेश विभाग सदस्य मिलनराज तुलाधरले जानकारी दिए । ‘पार्टीभित्रको एकता प्रयासले राम्रो सन्देश दिएको छ, त्यसलाई सफल पार्नूस्, हाम्रो बधाई छ’- राजदूत डेलिसीको भनाइ उद्धृत गर्दै तुलाधरले भने ।
भेटवार्तामा समसामयिक राजनीति, शान्ति प्रक्रिया, संविधान निर्माण, सहमतीय सरकार गठन, विधिको शासनलगायतका विषयमा छलफल भएको थियो । राजदूत डेलिसीको जिज्ञासा मेट्दै अध्यक्ष खनालले फेरि पनि सहमतीय राजनीति अघि बढाउनुको विकल्प नरहेको दोहोर्‍याएका थिए ।
दलहरूबीच कात्तिक १५ गते भएको सातबुँदे सहमतिले मधेसी-माओवादीबीचको चारबुँदे सहमतिको औचित्य समाप्त भइसकेको भन्दै उनले दुईपक्षीय सहमतिका अघि बहुपक्षीय सहमति जीवित नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष खनालले आफ्नो पार्टी विधिको शासनमा विश्वास गर्न स्पष्ट पार्दै अपराधीलाई आममाफी दिने निर्णय अस्वीकार्य रहेको बताएको तुलाधरले जानकारी दिनुभयो ।
राजदूत डेलिसीले कांग्रेसले आयोजना गरेको बन्दले जनतालाई मर्का परेको भन्दै यसअघि एमालेको युवा सङ्घको बन्द पार्टीले वार्तामार्फत फिर्ता गराउन सफल भएकोमा धन्यवाद दिएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया