जर्मनी – नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) र नेकपा (एमाले) पार्टी कमिटी जर्मनीको संयुक्त बैठक हालै म्युन्स्टरमा पार्टी कमिटी जर्मनीका अध्यक्ष खड्ग न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले दुवै सङ्गठनको संयुक्त सम्मेलन गर्न उहाँकै अध्यक्षतामा ८५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।
आगामी फेब्रुअरीमा हेम्बर्गमा सम्मेलन आयोजना गरी नयाँ कमिटीलाई नेतृत्व हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । लामो समयसम्म जर्मनीमा बस्दै समाजिक सेवामा समेत समर्पित हिमालयन परिवारका अध्यक्ष मनकाजी नेपालीले सम्मेलन सम्पन्न गर्नका लागि आयोजक कमिटीमा बसी सहयोग गर्न तयार हुनुभएकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
सम्मेलन आयोजना हुने हेम्बर्ग क्षेत्रमा दावा शेर्पाको अध्यक्षतामा र एनआरडब्लू क्षेत्रमा कुम्भ रेग्मीको अध्यक्षतामा एनडीएफ क्षेत्रीय कमिटी गठन गरिएका छन् । एनडीएफ जर्मनीका अध्यक्ष र युरोपका सदस्य नवराज रोस्याराको सञ्चालनमा सम्पन्न उक्त बैठकमा गैरआवासीय नेपाली सङ्घ जर्मनीका सन्तोष भट्टराई, हिमालयन परिवार जर्मनीका अध्यक्ष मनकाजी नेपाली र एमाले जर्मनीका सल्लाहकार लीलाराज कार्कीले पनि मन्तव्य दिनुभएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार पुस ६, २०६८
प्रकाशित समय: १७:३३:५७