काठमाण्डौं– नेकपा एमालेका उपाध्यक्ष एवम अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेब गौतमले दोहोरो कर अन्त्यको नाममा सरकारले कृषि सेवा शुल्क हटाएर नेपालको कृषि क्षेत्रलाई तहस नहस बनाउने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । प्रमुख राजनीतिक दलका किसान सम्बद्ध संगठनको सहभागितामा गठन भएको राष्ट्रिय किसान सञ्जालले काठमाण्डौंमा गरेको कार्यक्रममा गौतमले भारतमा ७५ प्रतिशत अनुदान पाएको कृषि उत्पादन निर्वाध नेपाल भित्राउने हो भने नेपालमा केही पनि उत्पादन नहुने बताउनुभयो ।
भारतीय कृषि उत्पादनमा लाग्दै आएको सेवा शुल्क हटाईए त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि गौतमले दिनुभयो । गौतमले कृषि क्षेत्रले ६७ प्रतिसत रोजगारी दिएको र राष्ट्रिय अर्थतन्त्रमा ३५ प्रतिसत योगदान गरेको भन्दै सेवा सुल्क हटाईए नेपाल समाप्त हुने ठोकुवा गर्नुभयो ।
नेपाली विशेषज्ञ र कृषि संगठनका प्रतिनिधि समावेश गरेर रणनीति बनाउनु पर्ने भन्दै गौतमले अन्तर्राष्ट्रिय रुपमै बदनाम बीउ कम्पनी मन्सान्तोलाई नेपाल भित्र्याउने षडयन्त्र भएकोले कुनैपपनि हालतमा भित्रिन नदिने बताउनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार पुस ५, २०६८
प्रकाशित समय: १०:५०:३८