Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाण्डौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न मन्त्रालय सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्नका लागि आवश्यक परामर्श तथा निर्देशन दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुख, प्रहरी प्रमुख तथा नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान र नेपाल टेलिकमका प्रमुखलाई बोलाउनु भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री भट्टराईले ट्राफिक प्रहरीलाई पूर्ण अधिकार सम्पन्न बनाईने बताउनुभयो । उहाँले हाल ट्राफिक प्रहरीले गरेको सडक विस्तारको कामलाई विशेष धन्यवाद दिँदै थप हौसलाका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘सरकारको पूर्ण समर्थन छ, कामका सिलसिलामा कहीँ कतै केही अप्ठेरो प¥यो भने सिधै भन्नु ।’ सडक छेउँका घरहरु भत्काउने काम मात्र भएकोले निर्माणको कामलाई पनि तदारुकताका साथ अघि बढाउन उहाँले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभयो ।
आफू पनि आर्किटेक्चर भएको स्मरण गराउँदै प्रधानमन्त्रीले काठमाण्डौंका अधिकांश घरहरु मापदण्ड विपरित बनाइएको प्रति महानगरपालिको ध्यानाकर्षण गराउनुभयो । सडक मिचेर बनाइएका घर नभत्काउन उच्च तहबाटै दवाव आउने गरेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्तो दवाव दिने व्यक्तिको नाम दिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो ‘सडक मिचेर बनाइएका घर भत्काउँदा कहीँ कतैबाट दवाव आए मलाई भन्नुस् तर काम नरोक्नुस ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया