वीरगञ्ज- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्ट मन्त्रीहरुको गठबन्धनमा वर्तमान सरकार बनेको आरोप लगाउनु भएको छ । रिपोर्ट क्लव पर्साले आज वीरगञ्जको होटल मकालुमा गरेको साक्षात्कारमा अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो ।
यादवले वर्तमान सरकारका मन्त्रीहरुमा घुस रकम लिएर काम गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाउनुभयो । अध्यक्ष यादवले मन्त्रीहरुले सञ्चार माध्यमलाई समेत रुपैयाँमा किन्न खोजेको भन्दै वर्तमान सरकार इतिहासकै भ्रष्ट सरकार भएको दाबी गर्नुभयो ।
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकार अन्र्तराष्ट्र्यि स्तरमा पनि असफल भएको जिकीर गर्दै फोरम नेपालका अध्यक्ष यादवले सरकारले देशमा दण्डहिनता र अराजकता बढाएको आरोप लगाउनुभयो ।
उहाँले मुलुकलाई जटीलताबाट बचाउनको लागी राष्ट्रिय सहमति सकारको आवश्यकता रहेकोमा जोड दिनुभयो । राज्य पुनःसंरचना आयोगले राज्य पुनःसंरचना सम्बन्धी समस्या समाधान नगरी झन् समस्या निम्त्याउने उहाँको भनाई थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार पुस ५, २०६८
प्रकाशित समय: ९:३९:२४