Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
ताप्लेजुङ – भुकम्पको प्रभाव अझै सम्म कायमै रहेका वेला पुन वारम्वार भुकम्पले ताप्लेजुङलाई हल्लाइ रहन थालेपछि यहाँका वासिन्दाहरु निकै त्रसिद हुन थालेका छन् ।
ताप्लेजुङको कञ्चनजंघा आधार शिविर भएर सोमवार विहान गएको ३:२० वजे ४.६ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभागले जनाएको छ । विभाग अन्तर्गतको राष्ट्रिय भुकम्प मापन  केन्द्रका भुगर्भविद् रमेश पाण्डेले दिएको जानकारी अनुसार यस अघि मंसिर २८ गते २:५ वजे पनि सोही क्षेत्रलाई केन्द्रविन्दु वनाएर ताप्लेजुङमा ४.९ रेक्टर स्केलको भुकम्प गएको थियो ।
यसरी असोज एक गते पनि ताप्लेजुङलाई नै केन्द्रविन्दु वनाएर भुकम्प जानु र त्यस यता पनि यसै जिल्लालाई वारम्वार भुकम्पले हल्लाईरहनुको कारण पक्ता लगाईदिन ताप्लेजुङवासीले सरकार सँग माग गरेका छन् । कुनै वेला ठुलो भुकम्प आएर मरिने पो होकि  भन्ने त्रास आफुहरुमा कायमै रहेकोले यो त्रास हटाइदिन ताप्लेजुङवासीले सरकार सँग यस्तो माग गरेका हुन् ।
ताप्लेजुङमा असोज एक गते गएको भुकम्पले झन्डै १५ सय घर र विद्यालय भवनहरुमा क्षती पुर्‍याएको थियो । तर यो भुकम्पले पुर्याएको क्षतीको विषयमा अहिले सम्म त्यस्तो कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया