Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट पूर्वप्रधानमन्त्रीसहित विभिन्न पदाधिकारीलाई दिइएको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न सरकारलाई ताकेता गरेको छ ।
अख्तियारले सर्वोच्च अदालतको निर्णय बमोजिम कानुनमा उल्लेख भएबाहेकका सुविधा तत्काल फिर्ता गर्न सरकारलाई पत्र पठाई ताकेता गरेको हो । सर्वोच्चले आफ्नो आदेशमा नै कानुनविपतको सुविधा फिर्ता भए/नभएको अनुगमन गर्न अख्तियारलाई निर्देश गरेकाले उसले सरकारलाई पत्र पठाई ताकेता गरेको हो ।
अख्तियारले ताकेता गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यालयका अधिकारीले मन्त्रिपरिषदको तजबिजी निर्णयबाट विभिन्न व्यक्तिले लिइरहेको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, संसद् सचिवालयलाई आग्रह गरेका छन् ।
सर्वोच्चको आदेशपछि पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीहरू सबैजसोले गाडी फिर्ता गरेका छन् । तर मन्त्रिपरिषदको तजबिजी निर्णयबाट सभासदहरूले लिएको मन्त्री तथा राज्यमन्त्रीसरहको पारिश्रमिक, चालक, इन्धनसहितको गाडी पारिश्रमिकलगायतको सुविधा भने फिर्ता नगरेको स्रोतले जनायो ।
मन्त्रिपरिषद् र गृहमन्त्रालयबाट सुविधा लिएकामध्ये पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्वगृहमन्त्रीहरू केपी ओली, वामदेव गौतम, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, भीम रावल र पूर्वसांसद अमरेशकुमार सिंहसहितले गाडी सुविधा फिर्ता गरिसकेका छन् ।
उनीहरूलाई चालक, १ सय ५० लिटर पेट्रोल, मोबिल र मर्मत खर्चसमेत दिइएको छ ।
अझै गाडी फिर्ता नगर्नेहरू
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली
एमाले महासचिव ईश्वर पोखरेल
कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य
कमला पन्त, सचेतक कांग्रेस
भीम आचार्य प्रमुख सचेतक, एमाले
थममाया थापा, सचेतक एमाले
जयराम यादव, सचेतक, फोरम
रामजनम चौध, प्रमुख सचेतक, फोरम (लोकतान्त्रिक)
कल्पना राणा (नेकपा संयुक्त)
जनककुमा चालिसे (माले),
प्रतिभा राणा (राप्रपा)
रामनरेश राय (सद्भावना)
अर्जुन राई (जनशक्ति पार्टी)
अवन्द साह (तमलोपा)
एकनाथ ढकाल (परिवार दल)
चन्द्रदेव जोशी (नेकपा संयुक्त)
सीपी मैनाली (माले)
चन्द्रबहादुर गुरुङ (राप्रपा नेपाल)
मालवसंह थापा (जनमुक्ति पार्टी)
लक्ष्मीलाल चौधरी (लोकतान्त्रिक समाजवादी दल)
विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया