Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीको संस्थापन पक्षका अधिकांश पोलिटब्यूरो सदस्यहरुले तत्काल विद्रोहबाट क्रान्ति सम्भव नभएको भन्दै शान्ति र संविधान निर्माण मार्फत अघि बढ्नु पर्ने बताएका छन । पार्टी भित्रको विवादबारे छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संस्थापन पक्षको छुट्टै भेलामा नेताहरुले यस्तो बताएका हुन्
केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार पार्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत संस्थापन पक्षका नेताहरुले आफू पक्षीय नेताहरुलाई बोलाएर पार्टी भित्रको विवाद समाधानका लागि शनिबार बिहान बालुवाटारमा छलफल गरेका हुन ।
भेलामा सहभागी माओवादी पोलिटब्यूरो सदस्य गोपाल किराँतीले आफूहरुले शान्ति र संविधान मार्फत नै क्रान्ति पुरा गर्नुपर्ने सुझाब दिएको बताउनु भयो । ‘तत्काल बिद्रोहबाट क्रान्ति सम्भव छैन भनेर नेतृत्वलाई सुझाव दिएका छौँ’, किराँतीले भन्नुभयो, ‘शान्ति र संविधान मार्फत क्रान्ति पुरा गर्नुपर्छ भन्ने सबैको कुरा थियो ।’
पार्टीका वरिष्ट उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले पार्टी फुटाउने तयारी गरेको भन्दै उनीहरुले पार्टी फुटाउने कुरा सम्भव नभएको बताएका छन । मातृका र रवीन्द्र जस्तो गुट खोलिएमा त्यसले प्रतिक्रान्तिकारी शक्तिलाई फाईदा पुराउने निष्कर्ष भेलाले निकालेको छ ।
भेलामा सहभागी नेताहरुले पार्टी र क्रान्तिको नेतृत्व प्रचण्ड बाहेक कसैले गर्न नसक्ने भन्दै पार्टीमा प्रचण्डको विकल्पको कुरा गर्न नहुने बताएको श्रोतले जनायो । पोलिटब्यूरो सदस्यसँगको परामर्श र सुझावमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको विवाद समाधानमा ठोस कदम चाल्ने माओवादीको संस्थापन पक्षका नेताहरुले बताएका छन ।
भेलामा संस्थापन पक्षका अधिकांश पोलिटब्यूरो सदस्यहरु सहभागी  थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया