काठमाडौं- पार्टीभित्रको समीकरण मिलाउन एमाले अध्यक्ष झलनाथ खनालले नेता केपी शर्मा ओली, बामदेव गौतम र अमृतकुमार बोहोरालाई सभासद् बनाउने तयारी गरेका छन् ।
तीन नेतालाई सभासद् बनाएर पार्टी एकता कायम गर्नेबारे बुधबार राति अबेरसम्म खनाल निवास डल्लुमा छलफल भएको खनाल निकट नेता घनश्याम भूसालले जानकारी दिए । स्रोतका अनुसार ओलीलाई सभासद् बनाउन उनी निकट शिला कतिला राजीनामा दिन तयार भएकी छन् । खनाल निकट दुई सभासद मध्ये कसले राजीनामा दिने टुंगो लागेको छैन ।
दीर्घकालीन रूपमा पार्टी हाँक्ने र आवश्यक पर्दा सरकारको नेतृत्वको समेत विकल्प तयार गर्न ओलीलगायत नेतालाई संविधानसभामा लाने संस्थागत प्रयास सुरु भएको हो । अध्यक्ष झलनाथ खनालको भारतसँगको सम्बन्ध राम्रो नहुँदा पार्टी र मित्रराष्ट्रसँगको सम्बन्धमा समेत दूरी बढेको विश्लेषण भइरहेका बेला यसलाई छिमेकसँगको सम्बन्ध सुधारका रूपमा समेत हेरिएको छ ।
दुई नेताबीचको छलफलमा ओली पक्षका शंकर पोखरेल, विष्णु पौडेल र खनाल पक्षका वामदेव गौतम, घनश्याम भुसाल, प्रकाश ज्वालालगायतका नेता थिए । वरिष्ठ नेता माधव नेपाल र उनी पक्षका नेता भने उपस्थित थिएनन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर २२, २०६८
प्रकाशित समय: ३:२९:१०