Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ लगानी भित्र्याउन भारतसित जस्तै द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिप्पा) चीनसित पनि अर्को सम्झौता हुने बताउनुभएको छ । आफ्नै निवास बालुवाटारमा शनिबार पत्रकारसित प्रधानमन्त्री भट्टराईले पुसको पहिलो हप्ता हुने चिनीयाँ प्रधानमन्त्रीको भ्रमणमा त्यस्तो सम्झौता हुने बताउनुभयो ।
आगामी वर्षलाई लगानी वर्ष घोषणा गरी पाँच छ अर्ब अमेरिकी डलर भित्र्याउने उद्देश्यका साथ काम भइरहेको प्रधानमन्त्रीको दाबी छ । शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति हुनु आफ्नो तीन महिने कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री भट्टराईले दाबी गर्नुभयो ।
फरक धारका दलसित मिलेर सरकार चलाउँदा अपेक्षा अनुसार सुशासन कायम गर्न नसकेको प्रधानमन्त्रीले स्वीकार गर्नुभयो । काठमाडौं उपत्यकामा चौबीसै घण्टा सार्वजनिक यातायात संचालन गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
भट्टराईले दुई महिनाभित्र प्रधानमन्त्री कार्यालय सिंहदरबारलाई अपाङग मैत्री बनाउने दाबी पनि गर्नुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा कात्तिक ४ गते भारतसँग बिप्पा सम्झौता भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया