Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
काठमाडौ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि स्थानीय निकायमा रहेको दलिय संयन्त्र भ्रष्ट भएको भनि गरेको टिप्पणी प्रति काठमाडौ महानगरपालिकाको दलिय संयन्त्रले आपत्ति प्रकट गरेको छ ।
स्थानीय निकाय जनप्रतिनिधि विहीन भएको अवस्थामा जनताका समस्या बुझ्न सहमतिमा सरकारलेनै गठन गरेको दलिय संयन्त्रलाई सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्रीले त्यस्तो टिप्पणी गर्नुले सरकारको ब्यवहारप्रतिनै जनतामा आशंका उत्पन्न गर्ने भन्दै त्यस्तो टिप्पणी नगर्न चेतावनी पनि दिएका छन् ।
काठमाडौ महानगरपालिकाका तत्कालिन कार्यकारी प्रमुख गणेश राईलाई समान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरे पनि राईलाई ईक्वेटर भ्रमण कार्यकारी प्रमुखकै हैसियतमा गराएको र त्यसमा आफ्नै पार्टीकाले पनि सहयोग गरेको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखेपछि दलिय संयन्त्रले सो आरोपको खण्डन गर्दै आपत्ति प्रकट गरेको हो ।
आफूहरु प्रधानमन्त्रीको सुशासन अभियानलाई सफल बनाउन लागिरहेको बेला यस्तो गभिर आरोप लगाईएको भन्दै प्रधानमन्त्रीलाई सर्वदलिय संयन्त्रले सजग समेत गराएको छ । सर्वदलिय संयन्त्रले आईतवार एक विज्ञप्ती निकालेर आफूहरुमाथि कसैलाई पनि भ्रामक र कपोकल्पित आरोप नलगाउन चेतावनी दिएका छन् ।
महानगर पालिकाका सर्वदलिय समितिका प्रतिनिधिहरु माओवादीका सर्वोत्तम दास डंगोल, जयन्ती लुईटेल र उमेश स्थापित, त्यस्तै काग्रेसको देबरत्न डंगोल र भगवान शाक्या, एमालेका विद्यासुन्दर शाक्य, रामवीर मानन्धर र विद्या मानन्धर, मालेका श्याम मैनाली र विरबहादुर लामा, नेपाल सदभावना पार्टीका निरन्जन पौडेल र नवराज आचार्यले संयूक्त विज्ञप्ति निकालेर त्यस्तो आपत्ति प्रकट गरेका हुन ।
निरन्जन पौडेलले नवनियूक्त कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले जनप्रतिनिधिहरुलाई छलेर काम गर्न लागेकोतर्फ सरकारको ध्यान आर्कषित गराउादै त्यस्तो गरिए आन्दोलन गर्ने चेतावनी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया