Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौ- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले द्धन्द्धकालमा कब्जा भएका घरजग्गा फिर्ता गर्ने पार्टीको निर्णय नभई अध्यक्ष र प्रधानमन्त्रीको ब्यक्तिगत निर्णय भएकोले त्यसलाई नमान्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले जग्गा फिर्ता गर्ने पार्टीको निर्णय नभएकोले घरजग्गा फिर्ता भए फेरि कब्जा हुँदै जाने दावी गरे ।
साक्षात्कारमा उनले भने-कम्यूनिष्ट पार्टीमा ब्यक्तिको हुकम मानिदैन, जनवादी केन्द्रीयता मानिन्छ । पार्टीको निर्णय नभएकोले यो कार्यान्वयन हुँदैन ।
गजुरेलले किसानलाई विकल्प नदिई घरजग्गा फिर्ता गर्नु नहुने बताउँदै विकल्प विना जग्गा खोस्ने पार्टी कम्युनिष्ट पार्टी नै नरहने चेतावनी दिए । उनले विकल्प विहीन रुपमा गरिने फिर्ता कसैले पनि स्विकार गर्ने स्पष्ट पारे ।
पार्टीभित्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खुल्ला रहेको भन्दै केन्द्रीय कमिटिको बैठकमा प्रधानमन्त्रीको विकल्पमा छलफल हुने बताए । उनले भने-पार्टीभित्र बाबुरामजीको विकल्प धेरै छन । अबको नेतृत्व बादलजीलाई दिने विषयमा केन्द्रीय कमिटिमा छलफल हुन्छ । यद्यपि उनले अहिलेनै प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प भने खोजि नहालिएको स्पष्ट पारे ।
संविधानसभाको म्याद सम्बन्धी निर्णय राजनीतिक विषय भएकोले राजनीतिक पार्टीले नै यसमा निर्णय गर्नु पर्ने भन्दै गजुरेलले अदालतले एउटै विषयमा बारम्बार फरक फरक कुरा बोल्दै अदालतकै गरिमामा गंभिर असर पर्ने दावी गरे। उनले भने-सर्वोच्चकै अघिल्लो फैसला र अहिलेको फैसला बाझीएको छ । यस्तो गर्दा अदालतको गरिमामा असर पर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया