Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- भ्रातृ संस्था विघटनपछि समस्या समाधानमा गम्भीर नभएको भन्दै नेता शेरबहादुर देउवा पक्षधरले लगातार केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि सभापति सुशील कोइराला आक्रोसित भएका छन् ।
कोइरालाले आफूलाई काम गर्न नदिने भए हटाउन चुनौति दिएको महामन्त्री प्रकाशमान सिंहले बताए । कोइरालाले केन्द्रीय समिति बैठक र आफू निकटका नेताहरुसँग देउवालाई उपयुक्त समझदारीमा आउन आग्रह गरेका छन् ।
‘मैले डेढ वर्ष सहकार्य गरेरै अघि बढ्न पर्खें,’ उनले बैठकमा भनेको उद्यृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर देउवाजीले पार्टीलाई ‘स्मुथली’ सञ्चालन गर्न सहयोग गर्नुभएन । अब मैले अगाडि बढ्न कि वास्ता नगनुपर्‍यो कि राजीनामा दिनु पर्‍यो ।’
कोइरालाले देउवाले आफूलाई अहिलेसम्म कहिल्यै सहयोग नगरेकोसमेत दाबी गरे । ‘मैले उहाँबाट कहिल्यै सहयोग पाइनँ,’ कोइरालाको भनाइ थियो ।
भ्रातृ संस्थाको नेतृत्व विघटनपछि उत्पन्न समस्या समाधान गर्न सभापति गम्भीर नभएको देउवा पक्षले बुधबार र शुक्रबारको बैठक बहिष्कार गरेको थियो । विघटनपछि अनसनमा बसेका कार्यकर्ता विरामी भएर अस्पताल पुर्‍याउँदा पनि कोइरालाले वास्ता नगरेपछि देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । राजीनामा भने ४५ दिनपछि अस्वीकृत भएको थियो ।
समस्या समाधान नभएसम्म केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णय भएको देउवा निकट केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । ‘बक्तव्यवाजी गरेर समस्या समाधान हुँदैन,’ उनले भनिन्, ‘समाधानका लागि ठोस पहल हुनुपर्‍यो ।’
देउवा समूहले बैठक बहिष्कार गरेपछि बुधबारको बैठकमा कोरम पुर्‍याउन कोइरालालाई कठीन भएको थियो । अन्तिममा बाहिर रहेका आफू निकट केन्द्रीय सदस्य सुजाता कोइराला र सुरेन्द्र चौधरीलाई विराटनगरलाई बोलाएर ७ घण्टा ढिलो कोरम पुर्‍याएर बैठक सुरु भएको थियो ।
शुक्रबार पनि बिहान ११ बोलाइएको बैठक कोरम नपुगेका कारण चार घण्टा ढिलो सुरु भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया