Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं– पूर्वपञ्चहरुको पार्टी भनी चिनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय जनशक्ति पार्टीबीच यसै साता हुने भनिएको एकीकरण तुहिएको छ ।
तीनवटै पार्टीको मुख राप्रपा हो । जसको नेतृत्व लामो समय सूर्यबहादुर थापाले र पछि पशुपति शमसेर राणाले गरे । बृद्ध नेता एवं पूर्वप्रधानमन्त्री थापाको सक्रियतामा एकीकरणको तयारी अन्तिम चरणमा पुगे पनि रोकिएको छ ।
स्रोतका अनुसार राप्रपा नेपालले संवैधानिक राजसंस्थाको मान्यतामा आफू अडिग रहेको बताएपछि एकीकरण रोकिएको हो ।
‘२१ वर्ष अघि बैकल्पिक शक्ति निर्माणको बेलाको सैद्धान्तिक धरातलमा उभिएर पशुपति समशेर राणा र सुर्यबहादुर थापालाई एकताको लागि आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष कमल थापा भन्छन्, ‘एकताको आधार संवैधानिक राजतन्त्र हुनुपर्छ, अन्यथा मान्य हुँदैन ।’
राप्रपाका एक नेताले भने संवैधानिक राजसंस्थालाई जनताले फ्यालेको अवस्थामा फेरि बोकेर हिँड्न नमिल्ने तर्क गरे । ‘हो हामीमात्र होइन कांग्रेस, एमाले पनि राजा मान्ने नै हुन्,’ उनले भने, ‘तर अब परिस्थिति फरक भइसकेको छ ।’
ती नेताका अनुसार राप्रपा नेपाल नआए पनि राप्रपा र जनशक्ति पार्टीबीचको एकता भने चाँडै हुँदैछ । मिति तय भएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया