Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- सर्वोच्च अदालतले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रहरीलाई एमाओवादीका उच्च नेताहरुले दबाब दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता विनोद सिंहले अदालतले दिएको आदेश फैसला र निर्णय कार्यान्वयन गर्न प्रहरी लागिरहने बताएपछि उनीहरुले प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकारीहरुलाई फोन गरी त्यस्तो दबाब दिएका हुन्।
माओवादीविरुद्ध प्रहरी लागेको जनाउँदै उनीहरुले राजनीतिक विषय भएकाले राजनीतिक तहबाटै टुंग्याउने भएकाले प्रहरीले पक्राउ गर्न आवश्यक नभएको बताएका थिए। सरकारले ढुंगेललाई आममाफी दिन सिफारिस गरे पनि सर्वोच्च अदालतले मुद्दाको टुंगो नलागेसम्म सिफारिस कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।
प्रहरीले भने फेला पार्न नसकेकाले ढुंगेललाई पक्राउ गर्न नसकेको बताए । ‘हामी पक्राउ गर्न जाछौं,’ सिंहले भने- ‘उहाँ त्यहाँबाट फरार भइसक्नुहुन्छ ।’
प्रहरीले पत्रकार सम्मेलन गरिरहँदा सभासद् ढुंगेल भने संसद् बैठकमा सहभागी भइरहेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया