काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारको ३ नं. प्रवेशद्वारमा धर्नामा बसेका सहिद परिवार तथा जनआन्दोलनका घाइतेले प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्याउने प्रयास गरे ।
सरकारले सहिद परिवार तथा जनआन्दोलनका घाइतेसँग विगतमा पटकपटक गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, सहिद घोषणा तथा घाइतेको उचित व्यवस्थापन गर्न आयोग गठन गर्नुपर्नेलगायतका मागसहित आज बिहान ८:०० देखि ९:०० बजेसम्म धर्नामा बसेका घाइते तथा सहिद परिवारले प्रधानमन्त्री चढेको गाडीलाई करिब १० मिनेट रोकेर अवरोध पुर्याएका हुन् ।
प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्याउने १० आन्दोलनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
सहिद प्रतीक स्मृति केन्द्र नेपालका अध्यक्ष जेवी धौलाकोटीले विभिन्न जनआन्दोलनका घाइतेलाई स्वदेश तथा विदेशमा लैजान सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने र परिवारविहीन भएकाहरूलाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ऐतिहासिक जनआन्दोलन २०६२/०६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले आˆना मागहरू पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार मंसिर ७, २०६८
प्रकाशित समय: १६:२७:५९