Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काँकडभिट्टा- वैदेशिक रोजगारका लागि वैधानिकरुपमा खाडी मुलुक पठाइदिने भन्दै झुक्याएर युवतीलाई भारत लैजान लागेको अवस्थामा तीनजना दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बैगुनधुरा–८ का एजेण्ट नरबहादुर मगर, सोही ठाउँकी कुमारी मगर र मोरङको केराबारी–८ का विमलकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
भारत प्रवेश गर्न लागेको अवस्थामा काँकडभिट्टा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको इन्स्पेक्टर सुकदेव खनालले बताए ।
धनकुटाको हात्तीखर्क–८ की २९ वर्षीया ज्ञानमाया राना मगर र मोरङको लेटाङ–४ की ३८ वर्षीया खिनमाया ठाडा मगरलाई उनीहरुले गत कात्तिक २९ गते झापाको दमकस्थित एक होटलमा राखेर ३० गते भारत लैजान लागेका थिए ।
प्रहरीले सोधेमा आफूहरु श्रीमान्–श्रीमती भएको बताउन सिकाएको पीडित ज्ञानमायाले जनाइन् । सोधपुछ गर्दा भुजेल र मगरले उनीहरु आफ्नै श्रीमती भएको बताएर झुक्याउन खोजेको इन्स्पेक्टर खनालले बताए ।
सोझोपनको फाइदा उठाउँदै बेचविखनकै लागि उनीहरुलाई भारत लैजान लागेको प्रहरीको अनुमान छ । दुवै महिलासँग पासपोर्टलगायत्का कागजातसमेत नभएको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया