Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
वासिङटन- सन् १९६३ मा अमेरिकी राष्ट्रपति राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि राष्ट्रपतिको विमान एयर फोर्स वनको श्रव्य टेप फेला परेको छ र यसलाई मङ्गलबार फिलाडेल्पिmयाको एक व्यापारीले बिक्रीका लागि राखिदिएका छन् ।
उक्त टेप दशकौँदेखि हराइरहेको विश्वास गरिएको थियो । त्यसमा राष्ट्रपति केनेडीको हत्यापछि तत्कालैको एयर फोर्स वन र हृवाइट हाउस तथा अन्य स्थानसँगको सम्पर्क तथा वार्ताको अंश रहेको छ । राब कलेक्सनले उक्त टेपको मूल्य पाँच लाख अमेरिकी डलर रहेको उल्लेख गरेको छ ।
राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा हत्या भएपछि लिनडोन जोनसन अमेरिकी राष्ट्रपति बन्नुभएको थियो र उहाँकै नाममा रहेको पुस्तकालयबाट उक्त टेप प्राप्त भएको बताइएको छ । उक्त टेपलाई सम्पादन गरिएको छैन ।
टेपमा भएका वार्ता राष्ट्रपतिको शवलाई कहाँ लगिने, प्रथम महिला केनेडीलाई कहाँ लगिने तथा शवको परीक्षण कहाँ गरिने भन्ने विषयमा गरिएका छन् ।
राब कलेक्सनले उक्त टेप ३० मिनेटभन्दा बढी समयको भएको यसमा घटना तथा नयाँ कोड नामहरू सुनिएको पनि उल्लेख गरेको छ । यस संस्थाले यो निकै महत्वपूर्ण खोज भएको र यो अमेरिकी इतिहासमा कोसे ढुङ्गो भएको पनि उल्लेख गरेको छ ।
राबले यी टेपको डिजिटल फाइल बिना शुल्क राष्ट्रिय पुरातत्वखाना तथा जोन एफ केनेडी पुस्तकालयलाई उपलब्ध गराउने बताएको छ ।
हृवाइट हाउसको सञ्चार संस्थाले तयार गरेको नयाँ पत्ता लागेको टेप राष्ट्रपति केनेडी तथा जोनसनको वरिष्ठ सैनिक सहयोगी जनरल टेड क्लिफटनको व्यक्तिगत सामग्रीहरूमाझ फेला पारिएको हो । क्लिफटनका सामग्रीहरू उहाँका सम्पत्ति वारेसहरूले हालै बिक्री गरिदिएका हन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया