Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं– एकीकृत नेकपा माओवादीले संविधानसभाको राज्य पुर्नसंरचनार राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई असर नगर्ने गरि विज्ञ समुह गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । अन्तरिम संविधान संसोधनको विषयमा पार्टीभित्र विवाद देखिएपछि माओवादीले संविधानसभाबाट गठन हुने विज्ञ समुहको कार्यविधि पहिले नै टुंग्याउने प्रस्ताव अगाडी सारेको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको स्थायी समिति बैठकले राज्य पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई प्रभावित नपार्ने गरि कार्यविधि बनाएर मात्रै संविधान संसोधन गर्न कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णय भएको अर्थमन्त्री समेत रहेको माओवादी स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले जानकारी दिनुभयो ।
अर्का स्थायी समिति सदस्य देव गुरुङका अनुसार विज्ञ समुहको कार्यविधिबारे कांग्रेस र एमालेसँग छलफल गरेर टुंग्याउने र त्यसपछि मात्रै अन्तरिम संविधान संसोधन विधेयक पारित हुने भएको छ ।
माओवादीभित्र वैद्य पक्षले संविधानसभाबाट गठन हुने विज्ञ समुह संविधानसभाका अन्य समितिकै हैसियतमा हुन नहुने र यसअघि प्रस्तावित १४ प्रदेशलाई वेवास्त गरेर अर्को संघीय संरचनाको प्रस्ताव ल्याउन नहुने भन्दै विरोध गर्दै आएको छ ।
वैद्य समुह लगायत जनजाति सभासदहरुले पनि विज्ञसमुहलाई प्राविधिक समिति मात्रै बनाउनु पर्ने र त्यसै अनुसार कार्यविधि तोक्नुपर्ने बताउँदै आएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया