
दरबार हत्याकाण्डको समयमा एउटा नाम निकै चर्चामा आयो । त्यो नाम थियो देवयानी । अहिले यहि नाम राखेर एउटा सिनेमा निर्माण गरिएको छ । के यो चलचित्र दरबारकाण्डमाथि नै आधारित हो त ? जवाफमा ‘देवयानी’ चलचित्रका निर्देशक विजय बस्नेतले भने–‘यो रहस्य अहिले नभनौं, सिनेमाभित्र के छ भन्ने कुरा त दर्शकहरुले हलमा आएर सिनेमा हेरेपछि नै थाहा पाउनुहुनेछ ।’
यतिबेला चर्चामा रहेको ‘देवयानी’ आगामी मंसिर महिनाको पहिलो सातादेखि प्रदर्शनमा आउने निश्चित भएको छ । यो चलचित्रमा देवयानी बनेकी छिन् बिमला केसी । उनले पनि आफ्नो भुमिकाबारे खुलस्त पार्न चाहिनन् । ‘मलाई त केहीपनि नबोल्नु भनिएको छ, यसबारे म केही बोल्दिन’, उनले भनिन्, ‘चलचित्रमा हेर्दा नै राम्रो होला नि हैन र ?’
विमलालाई यो सिनेमामा मन पराउने दुई युवक छन् । जसलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । एक नायक हुन् निखिल उप्रेति र अर्का हुन् दिलिप रायमाझी ।
निकै रहस्यमयी किसिमले प्रचारप्रसारमा ल्याइएको यो चलचित्रको रहस्य भने अब चलचित्र बजारमा आएपछि नै थाहाहोला ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार कार्तिक २९, २०६८
प्रकाशित समय: ३:१६:४३