Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाण्डौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पार्टीमा विचार र कार्यदिशामै विवाद भैरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको विवाद कुनै सामान्य घटनामा आधारित नभई राजनीतिक लाईन र कार्यदिशाको विवाद भएको बताउनुभयो ।
बैठकपछि प्रवक्ता दिनानाथ शर्माले दिएको जानकारी अनुसार बैठकमा प्रचण्डले भन्नुभयो “कार्यदिशामै अन्तर छ । राजनीतिक लाइन नै फरक पर्‍यो । पार्टीको विवाद कुनै साना–तिना घटना भएर आएको होइन । हामी कुनै घटना बिषेशमा रहेर भन्दा पनि विचार केन्द्रीत छलफल गर्‍यौ भने मात्र सहि निकास निकाल्न सक्छौ ।”
पार्टी गंभीर अवस्थामा रहेकोले अब विधिसम्मत ढंगले विचार केन्द्रीत छलफल गरेर समाधान खोज्नुपर्नेमा प्रचण्डले जोड दिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
जवाफमा मोहन वैद्यले भन्नुभयो “अहिलेको विवाद चुनवाङ बैठक देखिकै अन्तर हो । यसमा गम्भीर छलफल गर्न आवश्यक छ । पार्टी पुरै दक्षिणपन्थी बाटोमा गयो । यस्तै हो भने संविधानसभाको औचित्य समाप्त हुन लाग्यो ।” वैद्यले शान्ति प्रकृया पनि अप्ठ्यारो स्थितीमा पुगेको बताएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । माओवादी केन्द्रीय समिति बैठक मंगलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया