काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकारकै पालामा सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने सहमति भएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् ।
व्यक्तिहत्यामा अपराधी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद बालकृष्ण ढुंगेललाई माधवकुमार नेपाल नेतृत्वको सरकारकै पालामा आममाफी दिने मौखिक सहमति भएको प्रचण्डको अभिव्यक्तिलाई ढाँटको संज्ञा दिएका छन् । ‘ तथ्य अर्कै छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो कुरा गलत हो, तत्कालीन गृहमन्त्रीसँग कुरा गर्दा सबै स्पष्ट भइहाल्छ ।’
तत्कालिन गृहमन्त्री भीम रावलले भने प्रचण्डले भनेजस्तो सहमति नभएको दाबी गरे । ‘एक दिन संसदभित्र प्रधानमन्त्रीको कोठामा प्रचण्ड र बाबुराम दुवै जना आएर गिरफ्तार नगर्नुहोस् भनेर आग्रह गर्नुभयो । मैले अदालतले आदेश दिएपछि कुन मान्छे कहाँ गिरफ्तार हुन्छ हुँदैन भन्ने कुरा भएन भनेको थिएँ, त्योबाहेक कुनै कुरा भएको छैन,’ रावलले भने ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार कार्तिक २८, २०६८
प्रकाशित समय: ३:११:०६