काठमाडौं- अमेरिका भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
गत १९ गते नेपालको शान्ति प्रकृया र लुम्बिनीको विकासमा राष्ट्रसंघ महासचिव वान की मुनलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन प्रचण्ड अमेरिका जानु भएको थियो ।
अमेरिका बसाईका क्रममा राष्ट्रसंघ महासचिव मुन लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रका अधिकारीसँग प्रचण्ड नेतृत्वको टोलीले महत्वपूर्ण भेटवार्ता गरेको थियो । प्रचण्ड नेतृत्वको टोली आइतबार दिउँसो साढे १२ बजे काठमाडौं आईपुग्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो ।
प्रचण्डले आफ्नो भ्रमणबारे विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिने कार्यक्रम रहेको पनि उहाँले बताउनु भयो । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं काँग्रेस नेता डा. मीनेन्द्र रिजाल, मनोज बहादुर श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागी छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार कार्तिक २७, २०६८
प्रकाशित समय: ६:३५:२८